सरकार विरुद्ध गर्जिदै गौरमा मधेश फोर्सद्धारा विशाल मशाल जुलुस
Advertise Here Book Now



मधेश आन्दोलनमा थलबल पुरयाउन एवं मधेशीको हकअधिकार खोस्न प्रयास गर्नेसंग आरपारको लडाई गर्न मनसायले गठीत मधेशी फोर्सले रौतहटको सदरमुकाम गौरमा मशाल जुलुस निकालेका छन ।


फोर्सका संयोजक राजकिशोर यादवको नेतृत्वमा निकालिएको सो मशाल जुलुसमा फोर्सका सयौं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

जुलसमा सहभागिहरुले “जगह तेरा जेलमे कितना है, नाप लिया है नापेगें, दम है तेरा जुलमे कितना देखलिया है, देखेगें, जोर जुलुम के टक्करमे संघर्ष हमरा जारी है” भन्दै मशाल सहित जुलुस प्रदर्शन गरेका थिए ।

जुलुसमा यूवा नेता सियाराम कुशवाहा (फिरोज), सुनिल साह, अमर साह, त्रिभुवन साह सहितको विशेष उपस्थिति रहेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्