आन्दोलन धेरै लम्बिीए हतियारको आन्दोलन सुरुहुने खतर-पुर्व सभामुख ढुगांना
Advertise Here Book Now

वीरगन्ज २२ मंसिर पुर्वसभामुख एवम अधिकारवादी दमननाथ ढुगांनाले बार्ताबाट मुलुकलाइ अविलम्ब निकास दिनु पर्ने आवश्यकता औल्याएका छन् । मगंलबार विरगन्जका संचाकर्मिहरुसगंको छलफल कार्यक्रममा पुर्व सभामुख ढुगांनाले यस्तो धारणा व्यक्त गरेका हुन । मधेसको अवस्था धेरै तरल रहेको बताउदै आन्दोलन धेरै लम्बिीए हतियारको आन्दोलन सुरुहुने खतर रहेको बताउदै उनले भने, ‘राजधानीमा बसेर सोचनु भन्दा मधेसको अवस्था धेरै तरल छ,आन्दोलन धेरै लम्बीयो भने अवस्था अर्कैतिर जानसक्छ ।’दल्लीबाट मधेसी नेताहरु आउने बितीकै बार्ताको लागी आफुहरुले सहजीकरण गर्ने आश्वासन समेत व्यक्त गरे । विगतमा भएको आन्दोलनको मुदाहरुलाइ सम्बोधन गर्नुभन्दा पनि यो सविधान दलीय सविधान बनेकोले विरोध बढेको पुर्वसभामुख ढुगांनाको गुनासो रहेको छ । आफुहरुले अधिकारको आन्दोलनको पक्षमा आवाज उठाउनुको साथै निकासकोलागी सहजिकरण पनि गरिहेको पुर्व सभामुख ढुगांनाले बताए ।मुलुकमा हकअधिकारको आन्दोलन धेरै भइसकेकोले राजनैतिकया निकासमा सबैलाइ केन्द्रित हुनुपर्ने उनको धारणा रहेको थियो ।कार्यक्रममा मानवअधिकार वादी पदमरत्न तुलाधर र डा विरेन्द्र मिश्रले चार महिना देखि चलिरहेको आन्दोलनको अवस्था मानवअधिकारको हनन र मधेसको पत्रकारिको बारेमा स्थानिय संचारकर्मिहरुसगं छलफल गरेका थिए । सोमबार राजधानीबाट आएको यो अधिकारवादीहरुको टोलीले वीरगन्ज रक्सौल मितेरी मधेसी मोर्चाले गर्दै आएको धर्ना कार्यक्रमको बारेमा जानकारी लिनुको साथै स्थानीय पेशाकर्मी तथा बुद्धिजिविहरुसगं छलफल गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्