भारतको वीरपुरबाट ५२ नेपाली एसएसबीको नियन्त्रणमा
Advertise Here Book Now

काठमाडौँ, मंसिर २२: भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले मंगलबार विहारको सुपौल जिल्लाको बिरपुरमा ५२ जना नेपालीलाई नियन्त्रणमा लिएको छ।
सुनसरीको भन्टाबारी नाका हुँदै भारतको पटना हिँडेका ५२ जना नेपालीलाई मंगलबार भारतको सुपौल जिल्लास्थित वीरपुरबाट एसएसबीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ३३ जना पुरुष र १९ जना महिला रहेको बताईएको छ। पक्राउ परेकाहरु उदयपुर, सप्तरी र रामेछापका रहेका छन्।
अवैधानिकरुपमा ठूलो संख्यामा महिला र पुरुष भारत प्रवेश गरेको भन्दै उनीहरुलाई एसएसबीले नियन्त्रणमा लिएको बताइएको छ। एसएसबीले नेपालीलाई नियन्त्रणमा लिएपछि सुनसरीस्थित सशस्त्रको सीमा सुरक्षा कार्यालयलाई खबर गरेको हो।
पक्राउ परेका सबैलाई नेपाल ल्याएर परिवारको जिम्मा लगाउने बताईएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्