सीके राउतको पर्चा छाप्ने प्रेस संचालक प्रहरीको फन्दामा
Advertise Here Book Now



काठमाडौं – मधेशलाई स्वतन्त्र देश बनाउने भन्दै नेपालविरोधी पर्चाहरु छापेको अभियोगमा ललितपुर प्रहरीले आशुतोष प्रिन्टिङ प्रेसका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पाटन औद्योगिक क्षेत्रभित्र रहेको उक्त प्रेसका सञ्चालक रोशन शाहलाई प्रहरीले मंगलबार पक्राउ गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए १
नेपालको तराई – मधेशलाई अलग्गै देश बनाउने भन्दै भूमिगत रुपमा पर्चाबाजी गर्दै आएको सीके राउतको नेपालविरोधी गतिविधिमा सहयोग गरेको आरोपमा प्रेस संचालकलाइ पक्राउ गरेर केहि सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरेको छ १ मधेशलाई ‘नेपाली उपनिवेश’को संज्ञा दिएर ‘स्वतन्त्र देश’ बनाउन भन्दै नेपालविरोधी हाते पुस्तिकाहरु सीके राउतले देशकै राजधानीको पाटन औद्योगिक क्षेत्रभित्रै छपाउने गरेको सुचना पाएपछि उक्त प्रेसमा छापा मारेर छापिएका केहि पर्चा पम्पलेट सहित संचालकलाइ पक्राउ गरेको एसएसपी अधिकारीले बताए ।

सीके राउतले छापेको उक्त घोषणापत्रमा गौतम बुद्ध, महात्मा गान्धी र दक्षिण अफ्रिकाका नेल्सन मण्डेलाको फोटो छापिएको छ भने गान्धी र मण्डेलाकै अनुशरण गर्दै ‘नेपाली उपनिवेश र रंगभेद’ अन्त्य गरेर मधेशलाई ‘स्वतन्त्र’ बनाउने उल्लेख गरिएको छ । राउतको उक्त ‘घोषणापत्र’को बाहिरी कभरमै ‘स्वतन्त्र मधेश, अपना देश’को नारा उछालिएको छ । उक्त ‘घोषणापत्र’को अन्तिम कभरमा नेतृत्व डा। सीके राउत लेखिएको छ भने उनको तस्बिरसँगै जन्मस्थान, गाउँलगायतको परिचय उल्लेख गरिएको छ । उक्त कभरमा उल्लेख भएअनुसार सीके राउतले क्याम्ब्रिज युनिभर्सिटीबाट पीएचडी गरेका सीके राउतले नेपालकै प्रसिद्ध महेन्द्र विद्याभूषण समेत पाएको उल्लेख छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्