मधेसी नेतालाई बोलाएर भारतीय राजदूतले सोधे-चारबुँदे रोडम्यापमा कहाँ चित्त बुझेन ?
Advertise Here Book Now



२६ मंसिर, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले दिल्लीमार्फत अघि सारेको चारबुँदे रोडम्याप स्वीकार गर्न मधेसी मोर्चाले आनाकानी गरेपछि भारतीय राजदूतले सम्वाद थालेका छन् ।

भारतीय राजदूत रणजीत रायले शनिबार मधेसी मोर्चाका प्रभावशाली नेताहरुलाई बोलाएर छलफल गरेका छन् । भारतीय राजदूत रायले शुक्रबार कांग्रेस, एमाले, एमाओवादीसहितका दलका सांसदलाई दिवाभोज खुवाएका थिए ।

त्यसको भोलिपल्ट मधेसी मोर्चामा आवद्ध चार दलका चार नेताहरु भारतीय दूताबास पुगेका हुन् ।

स्रोतका अनुसार भारतीय राजदूत रायले चारबुँदे रोडम्याप स्मरण गराउँदै मोर्चाको असन्तुष्टि कहाँ हो भन्दै त्यसलाई स्वीकार गरेर जान सुझाएका थिए । ‘कसरी निकास दिने भन्नेबारे छलफल भएको हो’ मोर्चाका एक नेताले अनलाइनखबरसँग भने-चारबुँदेमा के परिमार्जन गर्नुपर्छ भन्ने उहाँको जिज्ञासा थियो ।’

भारतीय राजदूत रायले मोर्चाका नेताहरुलाई कति दिन सीमामा अवरोध गर्ने भन्दै प्रश्न गरेका थिए । उनले सम्वाद र सहमतिबाट निकास खोज्न मधेसी मोर्चाका नेताहरुलाई सुझाएका छन् ।

मोर्चाका नेताहरुले भने चारबुँदे रोडम्याप स्वीकार गर्न नसक्नुको कारण राजदूतलाई सुनाएका छन् । ‘यदि हामीले कुनै गलत सहमति गर्‍यौं भने यो आन्दोलन हाम्रो हातबाट गुम्नसक्छ र दुर्घटना हुनसक्छ’ मोर्चाका एक नेताले अनलाइनखबरसँग भने-‘यो हाम्रो मात्र होइन, देशकै हितमा हुँदैन ।’ उनीहरुले भारतले पनि यसबारे सोच्नु पर्ने बताएका छन् ।
यक पास गर्ने र सीमांकन विवाद राजनीतिक समितिमार्फत तीन महिनाभित्र टुङ्ग्याउने उल्लेख छ ।

यो रोडम्याप भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दिल्ली भ्रमणका क्रममा मधेसी मोर्चाका शीर्ष नेताहरुलाई दिएकी थिइन । त्यसयता भारतले सम्वादबाट निकास खोज्न भन्दै मोर्चालाई सीमाको अवरोध हटाउन दबाव दिएको छ ।

तर, मधेसी मोर्चाका नेताहरु भने सीमांकनमा तत्काल हेरफेर नहुने गरी सम्झौता गर्न नसक्ने बताइरहेका छन् ।                                                         source;onlinekhabar

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्