गोलबजार प्रहरीद्धारा अवैध काठ बरामद
Advertise Here Book Now



राम नारायण पंडित,

सिरहा, १२ पौष । भारतीय बजारमा बिक्री गर्ने उदेश्यले लुकाइछिपाई राखेको अबस्थामा सिरहा प्रहरीले अबैध काठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक संतोष निरौलाको कमाण्मा गएको गस्ति टोलीले शनिवार वेलुका गोलबजार ९ स्थित बारीमा लुकाएर राखेको अवस्थामा अन्दाजी २५ क्यूफिट सालको काठ बरामद गरेको छ ।

बरामद गरिएको काठ जिल्ला वन कार्यालय लहानलाई बुझाउने तयारी भइरअ‍ेको प्रहरीले बताए । उदयपुरको जंगलबाट तस्करहरुले वन कर्मचारीकै मिलेमत्तोमा भारतीय बजारसम्म काठ लाने गरेको स्थानीयले बताएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्