मधेशका गद्दार भन्दै रौतहटका सभासद्हरुको कालोमोसो सहितको फोटो टाँस अभियान शुरु
Advertise Here Book Now

रौतहट । मंसिर १६ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जिल्लाका प्रत्येक चौक तथा स्थानीय बजारहरुमा मधेश विरोधी एवं मधेशका गद्दार नेताहरुको कालोमोसो सहितको फ्लेक्स बोर्ड झुण्डयाउने अभियान तिब्रताका साथ अघि बढाइएको छ ।
मधेशी जनताको हितमा काम गर्छु भन्ने कसम खाई संविधान सभाको निर्वाचनबाट जनताले पठाएको ती नेताहरु जुन व्यक्तिगत स्वार्थ र सत्ता भाताको खेलमा रमेर मधेशीको हकअधिकारलाई लत्याई संविधान लेखन गरे तिनीहरुको कालोमोसो सहितको फलेक्स बोर्ड टाँस्ने अभियान जिल्लामा संचालन गरिएको यूवा नेता अज य कुमार गुप्ताले रौतहट अनलाईनलाई बताए ।
हाल जिल्लाको गौर, गरुडा, कटहरीया, बंकुल, मौलापुर, मत्सरी, बालचनपुर, चन्द्रनिगाहपुर जस्ता इलाकाको प्रत्येक चौकमा रौतहटबाट निर्वाचित सभासद्हरुको कालोमोसो सहितको फोटो बाला फ्लेक्स व्यानर टाँस्ने अभियान शुरु भईसकेको मोर्चाका अध्यक्ष रामनिवास यादवले बताए ।
मधेशका गद्दार नेताहरुको सूचीमा रौतहट क्षेत्र नं. १ का सभासद् एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, २ नम्बर क्षेत्रका सभासद् तथा वर्तमान स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम, क्षेत्र नं. ३ का सभासद् अशोक जयसवाल, प्रभु साह, क्षेत्र नं. ४ का सत्यनारायण भगत विन र क्षेत्र नं. ५ का जितेन्द्र यादव (सुनिल) सहित क्षेत्र नं. ६ बाट रामकुमार भट्टाराईको नाम सामिल रहेको छ ।               स्रोत;रौतहट ऑनलाइन

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्