मधेशमा प्रहरी दमन बढ्दै, वीरगन्ज र गौरमा झडप
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष ४/मधेश आन्दोलनलाई पुनः हिंसात्मक रुप दिँइदै छ । मधेशीहरुले शान्तिपूर्णरुपमा गरिरहेको प्रदर्शनमा प्रहरीले पुनः बल प्रयोग गर्न थालेपछि मधेशमा हिंसा बढ्ने देखिन्छ । यसैक्रममा रौतहट जिल्लाको सदरमुकाम गौर र पर्सा जिल्लाको वीरगन्जमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।
वीरगन्जको घन्टाघरस्थित मेनरोडमा मधेश आन्दोलनको क्रममा झडप भएको हो । सुरक्षाकर्मीले आन्दोलनकारीलाई तितरबितर बनाउन आश्रुग्यास प्रहार गरेको छ । वीरगन्जको अवस्था अहिले तनावग्रस्त बनेको छ । यसैगरी, रौतहटको गौरमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएको छ । नारा जुलुस लगाइरहँदा मधेशी क्रान्ति चौकमा सुरक्षाकर्मीसँग झडप भएको हो । प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्