Politics
»
सिरहामा एमालेको ‘पत्तासाफ’
सिरहामा एमालेको ‘पत्तासाफ’
Advertise Here Book Now
सिरहा, १४ माघ । नेकपा एमाले मधेश विरोधी, परिवर्तन विरोधी र नश्लवादी पार्टी भएको आरोप लगाउँदै सयौं नेता कार्यकर्ताहरु पार्टी परित्याग गरेका छन् । एमालेका प्रभावशाली नेता सत्यनारायण यादवको नेतृत्वमा एमालेसहित विभिन्न पार्टी परित्याग गरी १२ सय जना उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
नवप्रवेशी नेता एवं कार्यकर्ताहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अबिर मालासहित स्वागत गर्नुका साथै नयाँ जिम्मेवारीका लागि बधाई दिएका छन् । पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कोषाध्यक्ष विजय यादव, केन्द्रीय सदस्य राजलाल यादव र युवा नेता विष्णु साह लगायतको उपस्थिति थियो ।
लहानमा बिहीबार आयोजित विशाल सभामा एमालेका केन्द्रीय नेता सत्य नारायण यादवको नेतृत्वमा हजारौं कार्यकर्ताहरु फोरम नेपाल प्रवेश गरेको युवा नेता विष्णु साहले जनाएका छन् । पार्टी प्रवेशपछि सभालाई सम्बोधन गर्दै नवप्रवेशी नेता यादवले एमाले मधेश विरोधी, परिवर्तन विरोधी र नश्लवादी भएकोले पार्टी परित्याग गरी फोरम नेपाल प्रवेश गरेको बताए ।
नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार र पहिचानको प्राप्ति नभएसम्म मधेश आन्दोलन नरोकिने बताएका छन् । मधेशी, आदिवासी जनजाति, दलित, मुश्लिम र उत्पीडित समुदायलाई अधिकारबाट बञ्चित राख्न सरकार लागि परेको जिकिर गर्दै अध्यक्ष यादवले मधेशका सशक्त आन्दोलनका लागी तयार रहन आह्वान गरे । आन्दोलन रहर नभएको भन्दै सरकार र प्रमुख तीन वार्ता मार्फत् मुलुकलाई निकास दिन गम्भीर नरहेकोले आन्दोलनको विकल्प नरहेको यादवले जिकिर गरे ।
मधेशी, आदिवासी जनजाति, दलित, मुश्लिम लगायत सबै उत्पीडित र सीमान्तकृत जनतालाई अधिकार सम्पन्न नभएसम्म फोरम नेपालले संघर्ष जारी राख्ने अध्यक्ष यादवले उद्घोष गरे । यसअघि पुस १६ गते मात्रै सिरहाको लक्ष्मीपुरमा कांग्रेस, एमाले, एमाओवादी र राप्रपाका एक हजार बढी नेता कार्यकतार्हहरु सङ्घीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका थिए । स्मरणहोस्, अघिल्लो साता मात्रै पार्टी परित्यागको घोषणा गरेको भोलिपल्टै एमालेको निर्देशनमा नेता सत्य नारायण यादवलाई सिरहामा प्रहरीले चिया खादै गर्दा बिनाकारण निर्मम ढंगले कुटपिट गरेको थियोे । -स्रोत :मधेशवानी

Trending :
#Politics