सबैभन्दा भ्रष्ट नेता र कर्मचारी, दोस्रोमा प्रहरी, वकिल र तेस्रोमा न्यायाधीश
Advertise Here Book Now

सनसत्ताको केन्द्रविन्दुमा रहेका राजनीतिकर्मी (नेता-कार्यकर्ता) र निजामती कर्मचारीबाटै मुलुकमा सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको एक अध्ययनले औंल्याएको छ । मुलुकका ३३ जिल्लाका १ हजार ७० जना विभिन्न क्षेत्रका नागरिकबीच गरिएको सर्वेक्षणले राजनीतिकर्मी र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त रहेको देखाएको छ ।

नेता र कर्मचारीपछि शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरी दोस्रो नम्बरका भ्रष्टाचारी औँल्याइएका छन् । नागरिक दैनिकको अध्ययन नतिजाले न्यायसम्पादन क्षेत्रका न्यायाधीश र उनीहरुलाई न्यायकर्ममा सघाउने वकिललाई तेस्रो नम्बरमा भ्रष्ट देखाएको छ ।

सर्वेक्षणमा समावेश भएकाहरुले चौँथो नम्बरमा समाजसेवाको पगरी गुथेको गैरसरकारी संस्थामा कार्यरत एनजिओकर्मीलाई औँल्याए । अझ आश्चर्य त पाँचौँ स्थानमा ती व्यक्ति भ्रष्ट देखिए जो भ्रष्टाचार नियन्त्रण क्षेत्रकै जिम्मेवार निकायमा कार्यरत छन् ।
सर्वेक्षणमा भाग लिनेहरुको धारणाले मुलुकको कार्यपालिका, न्यायपालिका र भ्रष्टाचार नियन्त्रण नियमन नै जनताका नजरमा प्रमुख भ्रष्टाचारी रहेछन् भन्ने देखाएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्