प्रधानमन्त्री ओलीको अर्को गोलीः अब प्रत्येक नेपालीका घर घरमा पाइपलाइनबाट ग्याँस उपलब्ध गराइनेछ
Advertise Here Book Now
काठमाडौँ, २४ पुस-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई परिणाम दिनेगरी सरकारले चाँडै विशेष काम गर्न लागेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई परिणाम दिनेगरी सरकारले चाँडै विशेष काम गर्न लागेको बताउनुभएको छ ।
नयाँ संविधानको कार्यान्वयनबारे प्रशिक्षण र राष्ट्रिय एकता सुदृढीकरणसम्बन्धी नेकपा(एमाले)को तीनमहिने अभियानअन्तर्गत आज यहाँ आयोजित काठमाडौँ उपत्यकास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकारले चाँडै परिणाम दिने गरी केही महत्वपूर्ण काम गर्ने उद्घोष गर्नुभएको हो ।
उहाँले काठमाडौँ उपत्यकामा ग्यासका सिलिन्न्डर विस्थापित गर्न घर घरमा पाइपलाइनबाट ग्यास उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै विद्युतीय सवारी साधनलाई प्राथमिकता दिन सरकारले आवश्वक काम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा एमाले स्थायी समितिका सदस्य तथा पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानका अन्तर्वस्तुबारे प्रशिक्षण दिँदै नेपालको संविधान समावेशी र वैज्ञानिक भएको धारणा राख्नुभयो । रासस