वैदेशिक रोजगारीमा गएका १२१ नेपालीले आत्महत्या गरे
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष २५/ वैदेशिक रोजगारीमा गएका नेपालीहरुको एकै वर्ष एक हजार जनाको मृत्यु भएको छ । मृत्यु हुने कारणहरु धेरै छन्, जसमध्ये आत्महत्या एउटा प्रमुख कारक बन्ने गरेको छ । एकैवर्षमा १ सय २१ जना नेपालीले विदेशमा आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा मलेसिया गएका नेपाली कामदार बढी छन् ।कतारमा रोजगारीका लागि पुगेका अर्घाखाँची बाङ्ला-३ देउरालीडाँडाका ३५ बर्षीय शंकर बीसीले गत डिसेम्बरमा आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरे । सानै उमेरमा बाबु गुमाएका विपन्न परिवारका शंकर कतार पुगेको २ वर्ष भएको थियो । तलब राम्रो नभएका कारण उनले कतार जाँदाको सबै ऋण पनि चुक्ता गर्न सकेका थिएनन् । परिवारका लागि भन्दै विदेशी भूमिमा संघर्ष गरिरहेका शंकरको सपनामा त्यतिबेला ठूलो बज्रपात भयो, जब उनले ऋण तिर्न नेपाल पठाएको रकम लिएर श्रीमती गायब भएको खबर सुने । शंकरले न टेक्ने ठाउँ भेटे, न समाउने हाँगो । घर फर्किने बेलामा थप ऋण लाग्ने भएपछि उनले विदेशी भूमिमै गलामा पासो लगाउनुको विकल्प नै देखेनन् र मृत्यु रोजे । कुन देशमा कतिले गरे आत्महत्या ? वैदेशिक रोगजार प्रर्वद्धन बोर्डको तथ्याङ्कलाई हेर्ने हो भने सन् २०१५ मा मात्रै रोजगारीका लागि विदेशिएका १ सय २१ जनाले आत्महत्या गरेका छन् । एक वर्षमा मलेसियामा मात्रै ५४ जनाले आत्महत्या गरेका छन् । यसैगरी साउदीमा २१ जना नेपालीले आत्महत्या गरेका छन् भने कतारमा यो संख्या १५ जना छ । कुवेतमा मृत्यु भएका ४३ मध्ये १२ जनाले आत्महत्या गरेको देखिन्छ । दक्षिण कोरियामा १० जना युवाले आत्महत्या गरे भने युएईमा ८ जनाले आत्महत्या गरे । कुन कारणले कतिको मृत्यु ? सन् २०१५मा विदेशी भूमिमा एक हजारभन्दा बढी नेपालीले मृत्युवरण गर्दा अन्य कारणहरु पनि प्रधान बनेका छन् । वैदेशिक रोजरगारीका क्रममा रहेका २सय ४८ जनाको मृत्यु प्राकृतिक कारण भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्