सप्तरीमा भएको असई हत्याको जिम्मा गोइतले लिए
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुष २१/ तराईमा विगत लामो समयदेखि सशस्त्र संघर्षरत अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले सप्तरीमा गोली प्रहारबाट प्रहरी सहायक निरक्षक रमेश सुुब्बाको हत्याको जिम्मेवारी लिएका छन् ।
संयोजक गोइतले आफै सप्तरीका सञ्चारकर्मीहरुलाई भारतीय नम्बरबाट फोन गरेर घटनाको जिम्मा लिएका हुन् । फोनमा गोइमले तराईमाथि नेपाली शासकबर्गको शासन गर्ने कुनै अधिकार नरहेको भन्दै प्रहरीको गोली हानी हत्या गरेको जानकारी गराउँदै फोन काटेको सञ्चारकर्मीहरु बताउँछन् ।
सोमबार साँझ अन्दाजी सबा ६ बजे अज्ञात समूूहले सप्तरीको सिमावर्ती गाउँ झुुट्कीस्थित प्रहरी चौकीका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक सुुब्बाको गोली हानी घाईते बनाएका थिए । घाईते सुुब्बालाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा लगियो । तर केहीबेरमै चिकित्सकले उनलाई मृत घोषणा गरियो ।
झापाको चन्द्रगढी घर भएका प्रहरी सहयाक निरीक्षक सुब्बालाई छाती र तिघ्रामा गोली लागेको थियो । घटनापछि प्रहरीले सप्तरीमा सुरक्षा अवस्था कडा पारिएको छ । सिमावर्ती क्षेत्रमा सुरक्षाकर्मीहरुको उपस्थिति बढाएर चेकजाँचमा समेत कडाई गरिएको छ ।