सपथ लिएको एक घण्टा बित्न नपाउदै मेक्सिकोकी मेयरको गोली हानी हत्या
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुष १९/ मेक्सिकोकी नवनियुक्त मेयर जिसेला मोटाको गोली हानी हत्या गरिएको छ । दोस्रो दिन कार्यालय गएपछि उनको हत्या गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
जिसेलालाई मेक्सिकाको राजधानी मेक्सिको सिटी भन्दा ८५ किलोमिटर टाढा रहेको उनकै निवासमा हत्या गरिएको हो । सपथ लिएको एक घण्टापनि बित्न नपाउदै उनको हत्या गरिएको बताइएको छ । शुक्रबार राति उनको हत्या गरिएको बताइएको छ । उनलाई चार जना बन्दुधारीले आक्रमण गरेका थिए ।
चार मध्ये दुई जनालाई प्रहरीले गोली हानेको छ । प्रहरीको गोली लागि उनीहरुको मृत्यु भउको छ । बाँकी दुई जनालाई गिरफ्तार गरिएको छ । उनलाई हत्या गर्नुको कारण खुलेको छैन । ड्रग्स् कारोबार गरेको आरोपमा गत वर्ष पनि धेरै जना मेक्सिकन मेयरहरुको हत्या गरिएको थियो ।तीस वर्ष उमेरकी उनले टेमिक्सो शहरलाई अपराधबाट मुक्त गर्ने बाचा गरेकी थिईन् ।