बेलहिया भीषण विस्फोटको जोखिममा
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुष १८/चार मिहना लामो मधेस केन्दि्रत दलको आन्दोलन र भारतको नाकाबन्दीपछि पश्चिम तराईका भारतीय नाका जोडिएका जिल्लाहरु तस्करीको अखडा बन्दै गएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ । यसले सरकारी निकायकै प्रत्यक्ष संलग्नतामा सीमा क्षेत्र तस्एकरीको अखडा बन्दै गएको छ ।तराई आन्दोलन र भारतीय नाकाबन्दीपछिको अवस्था अनुगमन गर्न पश्चिम तराईमा खटिएको मानव अधिकार आयोगको टोलीले तीन ओटा नाका जोडिएका जिल्लामा अनुगमन गरी त्यस्तो ठहर गरेको हो । आयोगका सदस्य गोविन्द पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाका साथै ती जिल्लामा रहेका बेलहिया, महेशपुर र कृष्णनगर नाका अनुगमन गरेको थियो । तीन जिल्ला मध्ये रुपन्देहीको बेलहिया नाकासँग जोडिएका बस्तीहरु अत्यन्तै अव्यवस्थित पेट्रोलियम पदार्थको (तस्करी गरिएको) राख्ने गोदाम बन्दै गएको र जुनसुकै बेला विस्फोट भएर ठूलो क्षतिको सम्भावना रहेको छ । अनुगमनमा गएका पौडेलले रुपन्देहीको डन्डा खोलादेखि बेलहिया नाका प्रहरी चौकीसम्मका प्रत्येक घरमा एक सयदेखि १० हजार लिटरसम्म पेट्रोल अव्यवस्थित रुपमा भण्डारण गरी राखिएको बताए ।