मधेश आन्दोलन रोकिने हल्ला मिथ्या, अधिकार नपाए आन्दोलन झन चर्किने महतो
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम मनोज बनैता, सिरहा, ४माघ / विगत ६ महिना देखी अनवरत रुपमा चल्दैआएको  मधेश आन्दोलन केवल हल्लाको भरमा नरोकिने भन्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो ले भनेका छन । नेता महतोको अनुसार बजारमा चलेको हल्ला पुर्ण सत्य हैन । बिराटनगर जोगवनी नाकामा धर्ना दिने क्रममा भएको प्रहरी ज्यादतीमा परेर सिकिस्त भएको नेता महतोको उपचार मेदान्त हस्पिटल दिल्लीमा भएको थियो । उपचार पश्चात उनी प्रधानमन्त्री के.पी ओलीको आग्रहमा मधेश नछिरी सिधै काठमाडौं गएका थिए । के.पी ओली  र राजेन्द्र महतो विच भएको कुराकानी सँगै फैलीएको मधेश आन्दोलन सम्बन्धी  हल्ला मिथ्या मात्रै हो । केही मिडियाहरुले सहमती हुनैलागेको र नाकाबन्दी एक दुई दिनमै खुल्ने समाचार व्यापक रुपमा लेखेका छन । नेता महतो अनुसार प्रधानमन्त्री केपीशर्मा ओली अझै पनि मधेशी जनता को मांग सुन्ने पक्षमा छैन । नेता महतो दिल्ली छँदै प्रधानमन्त्री ओली ले उनी सँग टेलिफोन मार्फत काठमाडौं आउन आग्रह गरेका थिए । ओली विरुद्ध काठमाडौं लगायत देशका विभिन्न ठाँउमा बढदै गएको आक्रोशका कारण नै उनी नेता महतो सँग कुराकानी गरेको विभिन्न मधेशवादी दलहरुको टिप्पणी छ । मधेश आन्दोलन ३ मा चर्चाको शिखर चुमेको अध्यक्ष राजेन्द्र महतो को अनुसार यो आन्दोलन झुठो सहमती वा उधारो सहमतीको खोक्रो आधार लिई टुङगीने छैन । मधेश तबसम्म आन्दोलनमयी रहनेछ जब सम्म मधेशी जनताले आफनो अधिकार पाउदैनन । अध्यक्ष महतोको अनुसार यदि सरकारले आफनो मनमानी कायम नै राख्न चाहयो भने केवल विरगंज रकसौल नाका मात्र हैन कि अरु नाकाहरु पनी कडाईको साथ बन्द गरिनेछ र त्यसको जिम्मेवार सरकार स्वंय हुनेछ । विगत ६ महिना देखी चल्दैआएको आन्दोलनको कारणले गर्दा मधेश लगायत सम्पुर्ण देशको अवस्था जरजर भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्