कार्यदलमा सीमांकन टुङग्याउने यस्तो छ योजना
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुष २८/ प्रमुख तीन दल र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चावीच आज बार्ता हुने
भएको छ । अपरान्ह ३ बजेपछि सिंहदरवारमा हुने बार्तामा तीन दलीय बार्ता
टोलीले सीमांकन विवाद टुङग्याउने गरी तयार पारेको प्रस्ताव पेश गर्ने छ ।
जसमा सीमांकन तीन महिनाभित्र राजनीतिक संयन्त्र मार्फत गर्ने तर त्यसको
कार्य विधी, प्रक्रिया र क्षेत्राधिकारलाई संसदबाट दुई तिहाई बहुमतले पारित
गरेर संबैधानिक हैसियत दिने प्रस्ताव रहेको महेश आचार्यले जानकारी दिए ।
मोर्चाले यसअघि संयन्त्रको संबैधानिक हैसियत खोजेकोले आजको बैठकमा त्यसकोलागि प्रस्ताव गर्न लागिएको हो ।