प्रधानमन्त्रीको अभिब्यक्ति कसैको आपत्ति, कसैको बचाऊ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष २५/मुलुकमा खाना पकाउने ग्यासको चरम अभावले सर्वसाधारणहरु अजंगको लाईन बस्न बाध्य भईरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले घर घरमै पाईपबाट ग्यास पुर्याएर सिलिण्डरलाई विस्थापित गरिदिने भनि दिएको अभिब्यक्तिको चौतर्फी आलोचना भएको छ ।
नेपाली काग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रधानमन्त्रीको बोलीमा कुनै दम नभएको दावी गरे । उनले ओली असफल प्रधानमन्त्री भईसकेकोले असफल ब्यक्तिले बोलेको कुरामा कसैले विश्वास नगर्ने स्पष्ट पार्दै प्रश्न गरे प्रधानमन्त्रीले अहिलेसम्म के नै गरेका छन र ? बोलेर केहीहुँदैन । यो बेमौसमको बाजा हो ।’
यद्यपि उनले नेपाली काग्रेसले अहिले नै सरकारको विकल्प भने नखोजने स्पष्ट पारे ।
सत्तारुढ दल एकीकृत नेकपा माओवादीका नेता अमिक शेरचन हासेर भने– प्रधानमन्त्री ओलीले बोलेको सबै पुरा हुने भए देशमा आकास खसिसक्थ्यो । पहिला उहाँको राष्ट्रियताको अडान ठिक थियो । पछिल्लो समयमा बोलीको एक रुपता भएन ।’ यद्यपि उनले सरकारको विकल्प भने नखोजने स्पष्ट पारे ।
आपूर्ति मन्त्री दिपक बोहराले प्रधानमन्त्रीले बोलेको ठिक भएको भन्दै आफूहरु त्यसको विपक्षमा नरहेको स्पष्ट पारे । उनले भने,‘ प्रधानमन्त्रीले महत्वकांक्षी योजना नल्याए कसरी देश चल्छ ?’
सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्ण प्रधानमन्त्री ओलीको कार्यकालमा मधेसीलाई जनावर भनियो त्यो भन्दा बढी के मधेसीले पाउँछौ भन्दै उनको बोलीमा निरर्थक बहस नगर्न आग्रह गरे ।
एमाले सचिव प्रदिप ज्ञावली यो प्रधानमन्त्रीको योजना भएकोले आफूहरुले त्यसलाई साकार पार्न सहयोग गर्ने बताए ।
अर्थमन्त्री विष्णु पौडेल प्रधानमन्त्रीले बोलेको कुरा पुरा गर्ने दृढता ब्यक्त गरे ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्