बैद्यसँग होईन बरु पछि बाबुराम सँग पार्टी एकता हुन सक्ने प्रचण्डको निष्कर्स
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुष २५/एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मोहन बैद्यले नेतृत्व गरेको नेकपा माओवादीसँगको पार्टी एकताको सम्भावना पूर्ण रुपमा अन्त्य भईसकेको निष्कर्स निकालेका छन । उनले पार्टी एकताको कुरा गर्न आउने आफू निकटका नेताहरुसँग बैद्य अराजक कम्यूनिष्ट भएकोले उनीसँग एकताको सम्भावना नभएको तर नयाँ शक्ति निर्माणको अभियानमा लागेका डा. बाबुराम भट्टराईसँग बरु एकताको सम्भावना रहेको बताउने गरेका छन । यसपछि उनले भट्टराई नरमपन्थी भएको, हिजोको दिनमा पनि आफूहरुलाई सहयोग गरेको र अहिले पनि बेला बेलामा टेलिफोनमा कुराकानी भईरहेको भन्दै पार्टीलाई सशक्त बनाएपछि एकता हुन सक्ने बताउने गरेको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । प्रचण्डले एक दुई वर्ष आफू पार्टीलाई शसक्त बनाउन लाग्ने र त्यसपछि हुने महाधिवेशन गरेपछि भट्टराईसँगको एकता अघि बढाउने बताएको उनले जानकारी दिए ।