लहान ग्यास काण्ड, मोर्चालाई २५ थान
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम आरएन गुप्ता / लहान, ३ माघ । खाना पकाउंने ग्यासमा कुनै किसिमको कालोबजारी नगरे पनि लहानका नागरिक दैनिकका प्रतिनिधि मिथिलेश यादवले कपोलकल्पित एवं आधारहीन समाचार छापेको विरोधमा मनिष ग्यास पसल र ग्यास व्यावसायी संघ लहान सिरहाले छुटाछुट्टै विज्ञप्ती जारी गरेको छ । मनिष पसलका झाले जारी गरेको विज्ञप्ती अनुसार विगत पछिल्लो समयदेखि प्रत्येक ट्रिपमा नागरिकका मिथिलेशले निःशुल्क पांच थान ग्यास सिलिन्डर माग गर्दै आएको आरोप लगाएको उल्लेख छ । पसलका झाले ग्यासमा कालोबजारी नहोस् भनी माघ १ गते प्रशासन कार्यालय लहानको रोहवरमा सशस्त्र प्रहरी बेश क्याम्पको अगाडि खुल्ला चौरमा बिक्रीवितरण गरिएको विज्ञप्तीमा उल्लेख छ । नागरिकका यादवले ग्यास विक्री गर्दा ग्राहकलाई विल नदिएको र बढी मूल्यमा विक्री गरिरहेको दावी गरिएको छ । उता, मधेशी आन्दोलन संघर्ष समिति अर्थात मधेशी मोर्चा लहानको नाममा २५ वटा ग्यास सिलिन्डर आफ्ना नियन्त्रणमा रहने गरी रोका गराएको आन्दोलनका संयोजक कृष्णबहादुर यादवले स्वीकारेका छन् । यादव भन्छन् ‘ जसलाई जे गर्नु छ गरोस् ’माघ ५ गते हाम्रो कार्यक्रम रहेकोले उक्त ग्यास लिन लगाइएको हो । ’ सो ग्यासको सिफारिस गर्न तमलोपाका राकेश झा, सद्भावना पार्टीका सहमहासचिव राजकुमार गुप्ता (राजु) लगायतका सहभागी रहेका छन् । जहां माघ ५ गतेको कार्यक्रममा राकेश झा र राजकुमार गुप्ताको घरमा केन्द्रीय नेताहरु खाना खाने योजना रहेको छ । नेताहरुलाई खाना खुवाउंने नाममा २५ सिलिन्डर मोर्चाले आफ्नो नियन्त्रणमा लिनु कति सादर्भिकता हो । विगतमा मोर्चाको नाममा ग्यास लिन जांदा लहान प्रहरीले दूई जनालाई थुनुवामा राखेका थिए । आज मोर्चाको नाममा २५ वटा ग्यासको सिफारिस गर्दा प्रहरी किन मौन छन् त ? मोर्चाभित्रै व्यापक प्रश्न उठ्न थालेको छ । यसैगरी, ग्यास व्यावसायी संघ लहान सिरहाले आजै एक विज्ञप्ती जारी गरी विभिन्न बाधा अड्चन र व्यक्तिगत रिसिवीलाई लिएर विभिन्न किसिमको आरोप प्रतिआरोपमा ग्यास विक्रेतालाई धम्क्याउंदै र वितरणमा कठिनाई भइरहेको बताइएको छ । सोहीक्रममा नागरिकका प्रतिनिधि मिथिलेश यादवले कपोलकल्पित एवं आधारहीन समाचार सम्प्रेशन गरेकोले यस ग्यास व्यावसायी संघ लहान सिरहा अन्तर्गतका ग्यास विक्रेताहरु समस्यामा छन् । यस समस्या तथा समाचारप्रति ग्यास व्यावसायी संघ घोर भत्र्सना गर्दै सहि सत्य समाचार ल्याउंन सम्बन्धित निकायसंग माग गरेको छ । यस किसिमको मानहानी हुने गरी समाचार आएकोले यसको वास्तविकता सार्वजनिक नहुञ्जेलसम्म ग्यास विक्रेताले आजैदेखि अनिश्चितकालिन ग्यास नमगाउंने विज्ञाप्तीमा उल्लेख छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्