सप्तरीको घोघनपुर स्वास्थ्य चौकीका अहेवको घरमा बम बिस्फोट
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकक माघ ४ /सप्तरी जिल्लाको घोघनपुर स्वास्थ्य चौकीका अहेव उपेन्द्र प्रसाद साहको कंचनपुरस्थित घरमा शनिबार राती बम बिष्फोट भएको छ।
कंचनपुर नगरपालिका १ स्थित साहको घरमा करिब ८ बजेतिर अज्ञात समुहले बाहिरबाट पाईप बम बिष्फोट गराई फरार भएका हुन्।
राती ८ बजेतिर साहको मोवाईलमा भारतीय नम्बरबाट फोन आएको र आफूलाई भगत सिंह नाम बताउने व्यक्तिले दस लाख चन्दा मागेको केही समय पछि बम बिष्फोट भएको उनले प्रहरीलाई बताए। साहले रकम नदिएमा सो समुहले उनका परिवारका सदस्यको ज्यान मार्ने धम्की समेत दिएको जानकारी गराए।
बम उनको घर अगाडी रहेको फुल क्यारीमा बिष्फोट भएकोले कुनै मानविय तथा भौतिक क्षती नभएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।
घटनास्थलबाट १३ से.मी. लामो र १६ से.मी. गोलाई भएको जिआई पाईप तथा फलामको नट बल्टु फेला परेको छ।
घटना बारे इलाका प्रहरी कार्यालय कंचनपुरबाट अनुसन्धान भइरहेको छ।