चरेस मुद्दाका फरार अभियुक्त पक्राउ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता लहान, ६ माघ / चरेस मुद्दामा अदालतबाट कैद गरिएका फरार अभियुक्तलाई आज एक जनालाई ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गर्न सफल भएको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सन्तोष निरौलाका अनुसार लालपुर ३ का रामगुलाम अमातलाई २०६८ असार २६ गते सिरहा जिल्ला अदालतले चरेस ओसारपसार गरेको आरोपमा ६ महिना २९ दिन कैद र ५ हजार जरिवाना गरिएको थियो । पक्राउ परेका अमात करिब ४ बर्षदेखि फरार भई कहिलेकाही आफ्नो घरमा आउंने गरेकोले विशेष सुराकीको आधारमा उनलाई पक्राउ गर्न सफल भएको इन्स्पेक्टर निरौलाले बताए । अभियुक्त फरारलाई पक्राउ गर्ने अभियान अन्तर्गत करिब दूई सत्तामा गोलाबजारक्षेत्रबाट आधा दर्जनलाई पक्राउ गर्न सफल भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्