लागुऔषध दुव्र्यसनी र ओसारपोसार विरुद्धको एक दिने अन्तरक्रिया कार्यक्रम
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम अमरेन्द्र कुमार यादव महेन्द्रनगर ३ माघ /लागुऔषध दुव्र्यसनी र ओसारपोसार विरुद्धको एक दिने अन्तरक्रिया कार्यक्रम आईतवार धनुषाको महेन्द्रनगरमा सम्पन्न भएको छ । मिथिला सोसाईटी वेल्फेयर सेन्टर जनकपुरको आयोजना र ज्ञान मन्दिर सेकेन्डी बोर्डिंग स्कुलको समन्वयमा भएको सो कार्यक्रममा सहभागीहरुले लागुऔषध दुव्र्यसन प्राणघातक रोग रहेको बताएका छन । खास गरि किशोर अवस्था उमेरका बालबालिकाहरु यसको लतमा फस्ने गरेको कारण यसबाट सचेत रहन युवाहरुलाई आग्रह गरेको हो । आजका युवा भोलिका कर्णधार भएका कारण युवाहरुलाई यसबाट सचेत रहनुपर्नेमा जोड दिएका छन । आधुनिकतासंगै यसको प्रयोगकर्ताहरुको संख्या समेत बढदै गएको भन्दै यसप्रति सम्बन्धित निकाय लगायत सबैलाई सचेत हुनुपर्नेमा सहभागीहरुको जोड थियो । सहभागीहरुले लागुऔषध प्रयोगकै कारण अपराधिक क्रियाक्लापहरु बढेको भन्दै यसलाई निरुत्साहित गर्नुपर्नेमा
जोड दिएका छन । सोसाईटीका अध्यक्ष जगदीश चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला सशत्र प्रहरी कार्यालय धनुषा प्रहरी नयाब उपरिक्षक पिडी साह प्रमुख अतिथि रहेका थिए । भने कार्यक्रममा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख एल सिंह ठकुरी , सामुदायिक पुर्नस्थापना केन्द्रका कार्यक्रम संयोजक अजित पाण्डे , अधिवतmा श्याम प्रसाद यादव , डा. सदिप नायक , युवा नेता सुरेश कोईराला , नेका.जनकपुर नगरसभापति धिरेन्द्रमोहन झा , सुदिप कापडी , राम जुलुम यादव , वरिष्ठ पत्रकार रामभरत साह सहित विद्यालयका शिक्षक , शिक्षिका , कर्मचारी , विद्यार्थी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्