मधेशको जिल्ला जनकपुर र जलेश्वरमा सार्वजनिक यातायात सञ्चालनमा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम माघ ६/विगत पाँच महिनादेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र समावेशी मधेशी गठबन्धनद्वारा घोषित अनिश्चितकालिन बन्दका कारण ठप्प रहेका सार्वजनिक यातायात बुधवारदेखि संचालनमा आएको छ । मधेशी मोर्चा र गठबन्धनले लिखित सहमति नगरेपनि सार्वजनिक यातायात सञ्चालनमा आएको हो । मोर्चाका घटक तराई–मधेश लोकतान्त्रिक पार्टी महोत्तरीका अध्यक्ष अभिराम शर्माले बस सञ्चालनमा मोर्चा र गठबन्धनको लिखित सहमति नरहेको स्पष्ट पारे । लामो समयदेखिको बन्दले यातायात व्यवसायी धरासायीको अवस्थामा पुगेकोले धनुषा मोर्चामाथि बस व्यवसायीको दबाब बढ्दै गएकोले बस व्यवसायीकै निर्णयमा सार्वजनिक यातायात संचालन भएको हुन सक्ने शर्माले बताए । यस सम्बन्धी आफुहरुले धनुषासंग बुझदै गरेको र सम्पूर्ण जानकारी आएपछि संचारकर्मीहरुलाई जानकारी गराउने उनले थपे । बुधवार करिब ९ः१५ मा एउटा बस जलेश्वर प्रवेश गरेको छ भने अन्य बसहरुसमेत नियमित हुँदै जाने बस व्यवसायीले जनाए । यता जनकपुरधाममा पनि विहानैदेखि बस, ट्रक र जीपहरु सञ्चालनमा आएका छन् । बस संचालनसंगै आन्दोलन प्रभावित हुने बुद्धिजिवीहरुको ठम्याई छ । महोत्तरीका अधिकाँश व्यवसाय संचालनमा रहेको रामनगर चिनिमिलको मालसामानहरु भारतबाट ल्याउन मोर्चाद्वारा अनुमति दिइएको र अव बसहरु संचालनमा आएपछि महोत्तरी र धनुषाका अन्य व्यवसायीहरुसमेत भारतबाट मालसामान ल्याउन दबाब दिने देखिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्