प्रम ओलीले १ वर्ष पछि महतोलाई फोन गर्नुको रहस्य यस्तो छ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष २८/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत मधेशी मोर्चाका नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई हिजो अचानक फोन गर्नुको भित्री रहस्य अर्कै रहेको श्रोतले जनाएको छ । पच्छिलो समय प्रम ओली आफ्नो पहिलो औपचारिक भ्रमण भारत नै गर्ने हल्ला चलाएर भारतीय सरकार र त्यहाँका राजनीतिक दलहरुलाई आँखामा छारो हाल्ने प्रयास गरी रहेको सहस्य बाहिर आएको छ । श्रोतका अनुसार अप्रिल महिनामा प्रधानमन्त्री ओली एक कार्यक्रममा भाग लिनका लागि चीन जानु पर्ने भएको हुनाले उहाँ त्यो भन्दा अगाडि भारत भ्रमण गर्न चाहेको श्रोतले बताए । उनले भारतीय राजदुत रञ्जित रे र आफ्ना विशेष दुतहरुलाई पठाएर भारत भ्रमणको लागि दिल्लीमा वातावरण बनाउन दबाव दिने गरेको श्रोतले बताए । यसै बीचमा भारत सरकार सँग ओलीको दुत बनेर दिल्ली पुगेका सरकारका उप प्रधानमन्त्री कमल थापाले भारत सरकार सँग गरेको बाँचा पुरा नभएको भन्दै ओली सरकार प्रति भारतीय पक्ष निकै क्रुद बनेको छ । उपप्रम कमल थापाले मधेशी मोर्चाको सहमतीमा संविधान संशोधन गरेर अहिले देखिएको समस्या समाधान गर्ने ४ बुदें प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता अनुसार अहिले सम्म पनि संविधान संशोधनमा ओली सरकार उदासिन रहेको सुचना दिल्ली पुगे पछि भारतीय सरकार ओली सरकार प्रति शंशकित बनेको छ । भारत सरकारले बारम्बार भन्दै आएका छन्, आन्दोलनरत मधेशी मोर्चाको सहमतीमा चाँडो भन्दा चाँडो संविधान संशोधन गरी सहमतीको प्रयास गरेर अहिले देखिएको समस्या समाधान गर्नुस भनेर तर सरकार विभिन्न वाहाना बाजी गरेर मधेशी मोर्चाको सहमती विना पुनः संविधान संशोधन गर्ने प्रयास गरेको भन्दै भारत सरकार संस्थापन पक्ष र भारतीय अन्य दलका नेताहरु पनि ओलीको व्यवहार प्रति क्रुद बनेका छन् । यसै बीचमा पच्छिलो समय विराटनगर नाकामा धर्नाको क्रममा प्रहरीद्धारा कुटिएका सद्भावना अध्यक्ष राजेन्द्र महतो उपचारको क्रममा दिल्ली पुगेर विभिन्न नेताहरु सँग छलफल गरे पछि ओली सरकारको भित्री रहस्य पोल खोलेका छन् । महताले भारतीय सरकारका विभिन्न प्रमुख मन्त्री तथा विभिन्न दलका प्रभावशाली नेताहरु सँग छलफल गरे पछि ओलीको चालबाजी थाहा पाए पछि मधेशको समस्या समाधान नभए सम्म ओलीको भारत भ्रमण रोक्नु पर्ने भारतीय पक्षले बताउन थालेका छन् । भारतीय श्रोतका अनुसार प्रम ओली भारतलाई छक्याउनका लागि आफ्नो औपचारिक भ्रमण बाट हुने बताए पनि भित्री सहस्य खुले पछि ओली सरकारले पठाएका दुतहरु पनि दिल्लीमा अलपत्र परेका छन् । केही अगाडि प्रम ओलीले भारतीय राजदुत रे लाई आफनो भारत भ्रमणको लागि आवश्यक व्यवस्था मिलाउन गरेको आग्रह पछि सन्देश लिएर दिल्ली जानु भएका भारतीय राजदुत रे पनि दिल्लीमा पुगेर रिर्पोटिङ्ग गरे पछि झनै ओली सरकारको नकारात्मक सन्देश दिल्ली पुगेको श्रोतले बताए । भारतीय सरकार र अन्य दलका नेताहरु तत्काल ओलीको भारत भ्रमण सम्भव नहुने जानकारी प्रम ओली समक्ष पुगे पछि ओली तत्कालै फोन गरेर सद्भावना अध्यक्ष महतोलाई स्वास्थ्य अवस्था बारे जानकारी लिएर चालबाजी गरेका छन् । एक वर्ष अगाडि शिर्ष दल र मोर्चा बीच बालुवाटारमा भएको बैठकमा ओली र महतो बीच चर्का चर्की भए पछि त्यहाँ देखि अहिले सम्म उनीहरु बीच बोलचाल भएको थिएन । सो बैठकमा ओलीले मधेश प्रदेश चाहिने भए युपी र बिहार जाने महतोलाई भने पछि दुई नेता बीच बोलचाल बन्द भएको थियो । विगत ५ महिना देखि जारी मधेश आन्दोलनको क्रममा अन्य नेताहरु सँग प्रम ओलीको भेटघाट र वार्ता भए पछि सद्भावना अध्यक्ष महतो सँग कुनै पनि वार्ता र छलफल भएको थिएन । यहाँ सम्म कि धर्नाको क्रममा प्रहरी द्धारा गम्भीर रुपमा कुटिएमा महताको स्वास्थ्य अवस्था बुझन पनि ओली नचाहेको अवस्थामा अचानक दिल्लीमा महताको राजनीतिक सक्रियता पछि आफनो पोल खुलेको थाहा पाए पछि महतोलाई फोन गरेर बिग्रन लागेको अवस्थालाई समान्य बनाउने प्रयास गर्न नाटक मन्चन गरेको श्रोतले बताए । निक्कै जिद्दी स्वभावका नेता एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली महतोलाई फोन गर्नु अहिलेको अवस्था समान्य विषय नभएको श्रोतले बतााए । उनले भने, ओली आफनो फाइदाका लागि मात्र महतोलाई फोन गरेको हो । उनले भने, महतोलाई फोन गरेर काठमाडौं आउन आग्रह मात्र गर्नु भएन उहाँले, देशलाई महताको खाँचो भएको समेत प्रशंसा गर्नु ओलीको व्यवहार र बोली नमिले जस्तै अहिलेको फोन वार्ता भएको हो । श्रोतले दिएको जानकारीलाई आधार मान्ने हो, अब तत्कालै प्रधानमन्त्री ओलीको भारत भ्रमण हुने सम्भावना न्यून रहेको छ । जब सम्म मधेशको समस्या समाधान हुदैंन तब सम्म दिल्ली ओलीलाई रातो कारपेट ओछ्याउन तयार नभएको जनाएको छ । उनीहरुले नेपाल भित्रको आन्तरिक समस्यालाई उछालेर ओली सरकारले विश्व भरी भारत सरकारको बदनाम गरेको भन्दै अहिले पनि ओलीको गतिविधी प्रति सन्तुष्ट नभएको बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्