फरार अभियुक्त मुक्सारमा पक्राउ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता  लहान, २० पुस । गोलबजार प्रहरीको सक्रियताले यत्तिबेला त्यसक्षेत्रका जनता शान्ति र सुरक्षा महसुस गरिरहेको छ । गोलबजार प्रहरीले विगतकै झै आज पनि अदालत वाट कैद तथा जरिवाना सजाय भएका फरार अभियूक्तलाई पक्राउ गर्न सफल भएका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारले फरार अभियुक्तहरुको खोजतलास गरी पक्राउ गर्ने अभियान अन्र्तगत पुस १८गते दिउसो १ः००वजेको समयमा गोलबजार प्रहरीका प्रमुख तथा प्र.नि. सन्तोष निरौलाको कमाण्डमा खटी गएको टोलीले अभियुक्त सावित्री मोचीलाई पक्राउ गरेका छन् । सिरहा जिल्ला अदालतले मिति २०४९÷०६÷२५गतेको फैसलाले जारी मुद्दामा १ महिना कैद सजाय भई फरार रहेका जिल्ला सिरहा मुक्सार गा.बि.स. वार्डनं. ५ (साबिक) घर हाल जिल्ला सिरहा गोलबजार नगरपालिका वार्डनं.१ वस्ने फजुवा मोची चमारको पत्नी वर्ष ४० की सावित्री मोची चमार्नी भन्ने कुमनी देवी चमार्नीलाई पक्राउ गरेका छन् । उनी आफ्नै घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी आवस्यक कारवाहीको लागि सिरहा जिल्ला अदालत सिरहामा पेश गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्