शिर्ष दलद्धारा मोर्चालाई गम्भीर धोका, वार्ताको नाममा आन्दोलन तुहाउने प्रयास
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम माघ ५/विगत केही हप्ता देखि जारी रहेको शिर्ष दल र मधेशी मोर्चाको बीचको वार्ता हिजो राती देखि प्रश्न चिन्ह खडा भएको छ । अनौपचारिक रुपमा हिजोको वार्ता बाट मोर्चाका नेताहरु बाहिर निस्केपछि कसको कारण वार्ता असफल भएको हो भन्ने बारे जताततै चर्चाका विषय बनेको छ । सरकारले मोर्चाका नेताहरुलाई वार्ताको नाममा थकाउने, गलाउने र आन्दोलन तुहाउने रणनिती लिए पछि वार्ता केवल चिया गफमा मात्र सिमित भएको छ ।विगत केही दिन देखि लगातार रुपमा भई रहेको सरकारी र मोर्चा कार्यदलको वार्ता निकै सकारात्मक र धेरै विषय वस्तुमा सहमती भई सकेको समाचार बाहिर आए पनि त्यो केवल देखावटी मात्र रहेको मोर्चाको एक नेताले बताए ।
श्रोतलेका अनुसार हिजोको बैठकमा सरकारी कार्यदलले अहिले संसदमा पेश भएको सरकारी विधेयक जस्ताको तेस्तै पास गर्नु पर्ने अडान लिए पछि मोर्चाका नेताहरु बैठकबाट बाहिरिएका थिए । शिर्ष तीन दलको निर्देशनमा नै सरकारी कार्यदलले हिजोको बैठकमा गैर जिम्मेवार रुपमा प्रस्तुत भए पछि बैठकमा बस्नुको अब कुनै औचित्य नहुने भन्दे मोर्चा बैठक छाडेर हिडेका थिए ।विगत केही दिन देखि सैद्धान्तीक रुपमा भएको सहमती पनि सरकारी कार्यदलका सदस्यले शिर्ष दलका नेताहरुको निर्देशनमा उल्टाउने प्रयास गरेको मोर्चाको तर्फबाट कार्यदलमा रहेका एक तमसपाका बरिष्ठ नेता राम नरेश रायले बताए । उनले भने, शिर्ष दल आन्दोलनको माग पुरा गर्नु लाई वार्ता गरेको होइन, आन्दोलनको नाममा आन्दोलन तुहाउने खेलमा मधेशी जनता सँग धोकाबाजी गरेको आरोप लगाए ।उनले भने, हामी मधेशी जनताको अहितमा हुने कुनै पनि सम्झौता गर्दनौं, बरु हामी मर्न तयार छौं तर गलत सहमती गर्ने छैनौं । शिर्ष दलले मधेशी जनताको जायज माग पुरा नगरे हामी जनताको बीचमा गएर हात उठाएर भन्ने छौं हामी तपाईहरुको अधिकार दिलाउन सकेनौं त्यसपछि आन्दोलन अर्काे रुपमा अगाडि बढ्ने छ । इतिहासमा मधेशी जनताको कठधारामा गलत सहमती गरेर हामीलाई उभिने कुनै पनि इच्छा नभएको उनको दाबी थियो ।अब कार्यदल स्तरमा बैठकको औचित्य समाप्त भए पछि पुनः छलफलहरु शिर्ष स्तरमा हुने सम्भावना न्यून देखिन्छ । मोर्चाका दुई नेता महन्थ ठाकुर र महेन्द्र यादव उपचारको लागि दिल्लीमा हुनुहुन्छ भने, अर्का नेता उपेन्द्र यादव मधेशका विभिन्न कार्यक्रममा व्यस्त रहेका छन् । त्यस्तै दुई दिन अगाडि प्रधानमन्त्रीको आग्रहमा काठमाडौं आउनु भएका सद्भावना अध्यक्ष राजेन्द्र महतो पनि आजै बलिदानी दिवसको कार्यक्रममा भाग लिन लहान जाने कार्यक्रम रहेको छ । यस्तो अवस्थामा तत्कालै फेरि शिर्ष तहमा वार्ता हुने सम्भावना न्यून रहेको छ ।अब मधेश आन्दोलन कता ?
अब मधेश आन्दोलन विस्तारै मधेशी मोर्चाका नेताहरुले भने जस्तै अतिवादी दिशा तर्फ जाने सम्भावन प्रवल छ । अहिले सम्म मधेशी मोर्चाको नियन्त्रणमा रहेको आन्दोलन विस्तारै जनतामा सरकार र शिर्ष दल प्रति चरम निराशा बढ्दै गए पछि अलग मधेश देशको माग राखेर आन्दोलनरत रहेका सिके राउत समुहको सक्रिया बढ्ने सम्भावना रहेको छ । सिके राउतको सक्रियता बढे सँगैं पच्छिलो समय तराई मधेशमा सुसुप्त अवस्थामा रहेका हतियारधारी समुहहरु पनि सल्बलाउन थालेका छन् ।
तत्काल सहमती नहुने हो र समस्या समाधान नगर्ने हो भने देशको अवस्था गम्भीर दिशा तर्फ जाने प्राय निश्चित छ । सेना र प्रहरी परिचालन गरेर क्षनिक रुपमा केही गर्न सकिएला तर त्यो स्थायी समाधान नहुने र त्यसले अझै देशको सामाजिक सद्भाव र सांप्रदायिक्ता भड्किन सकिने सम्भावना रहेको छ ।