तीन दलको निर्णय – माघ ५ अघिनै लिखित सहमति
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम माघ २/प्रमुख तीन राजनीतिक दलले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागबारे साझा धारणा बनाउँदैँ लिखित समझदारी गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेता र कार्यदलसहितको बैठकले मधेसी मोर्चासँग यही माघ ५ गते अगावै सहमति गर्ने निर्णय गरेका हुन् । प्रमुख तीन दल र मधेसी मोर्चाका तर्फबाट गठित कार्यदलको बैठकमा भएका प्रगतिको समीक्षा गर्दै बैठकले उपयुक्त विषयलाई समझदारी पत्रमा कसरी सम्बोधन गर्ने भन्नेबारे विचारविमर्स गरेका थिए । तीनवटै दलले मोर्चालाई सहमतिमा ल्याएर उसको हस्ताक्षरसहित संविधान संशोधनमा सहभागी गराउने कसरत भएको बताएका छन् । मोर्चाको ११ बुँदे मागमध्ये अधिकांश विषय सहमतिमा पुगिसके पनि मुख्य प्रदेश सीमाङ्कनको विषयलाई कसरी सम्बोधन गर्ने भन्नेमा दल छलफलमै छन् । यद्यपि उक्त विषयलाई कुन भाषाबाट कति अवधिमा सम्बोधन गर्ने भन्नेबारे आज दिउँसो बस्ने कार्यदलको बैठकपछिको प्रगतिलाई समेत आधार मानेर निर्णयमा पुगिने नेताहरुले बताएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्