ब्राउनसुगर बेचबिखनमा संलग्न तिन पक्राउ
Advertise Here Book Now
राम
नारायण पंडित, सिरहा, १४ माघ ।सिरहा प्रहरीले ब्राउनसुगर बेचबिखनमा संलग्न
तिन जनालाई पक्राउ गरेका छन् । प्रहरीले गोप्य सुचनाका आधारमा ब्राउनसुगर
बेचबिखनमा संलग्न तिन जनालाई बुधबार सिरहाको गोलबजारबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका ६ का २२ वर्षिय गोरे भन्ने बिमल
छरापाने, सोही ठाउँ बस्ने २० वर्षिय भक्ति राई र १९ वर्षिय सुजन थापा मगर
रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक
सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले गोलबजारबाट नियन्त्रणमा
लिएको हो । प्रहरीले उनीहरुको साथबाट सानो पुडिया बनाएको अवस्थामा एक ग्राम
दश मिलिग्राम ब्राउनसुगर र नगद ५५ हजार ६ सय दश रूपैया नगद समेत बरामद
भएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।