सिरहामा संघिय मधेशी मोर्चाको जन सभा सम्पन्न
Advertise Here Book Now
अधिकार प्राप्ति नभएसम्म संघर्ष जारीः वक्ताहरु ऑनलाइन सिरहा डटकम राम नारयण पंडित, सिरहा, २७ पौष /अधिकार प्राप्ति नभएसम्म संघर्ष जारी रहने सिरहामा एक कार्यक्रमका वक्ताहरुले उदघोष गरेका छन् । संघिय मधेशी मोर्चाले आज (सोमबार) सिरहाको मिर्चैयामा आयोजना गरिएको जन सभामा वक्ताहरुले वर्तमान सरकारले मधेशी जनताको अधिकार खोसी मधेशलाई उपेक्षित गरेको आरोप लगाएका छन् । अधिकार, पहिचान, स्वाभिमान सम्मानको पुनः स्थापनाको लागि आयोजना गरिएको जन सभा लोकदलको केन्द्रिय अध्यक्ष कौशल कुमार सिंह, बहुजन समाजपार्टीको केन्द्रिय अध्यक्ष गंगा महरा, नेपाल समाजबादी पार्टी (लोहियाबादी) को केन्द्रिय अध्यक्ष नन्दन यादब, लोकतान्त्रिक पार्टी नेपालको केन्द्रिय अध्यक्ष जिबन साहको प्रमख आतिथ्य र लोकदलका सिरहा अध्यक्ष सत्य नारायण यादबको अध्यक्षतामा सम्पन्न भएको छ । स्वायत मधेश प्रदेश, संघियतापुर्ण समानुपातिक समावेशी प्रतिनिधित्व, आत्म निर्णयको अधिकारको लागि दलित, आदिबासी, जनजाति, मुस्लिम, महिला लगायतको आरक्षणको रक्षाको गर्न पिछडाबर्ग आयोग कायम र नागरिकतामा गरिएको बिभेद अन्त गर्नको लागि अयोजना गरिएको जन सभालाई मोर्चाको
मोहम्मद रोशन, धनिराम महतो, महिला अधिकारकर्मी पुनम सिंह, महिला जनवर्गीय संगठनको सिरहा अध्यक्ष सम्रिका सिंह, सह संयोजक सुनिता पंडित लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।