बढ्दो चिसोको कारण जनजीवन कष्टकर बन्दै
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम अमरेन्द्र कुमार यादव महेन्द्रनगर माघ १०/लामो बन्दीले जीवनयापन गर्दै आएका तराई मधेसका जनतालाई तिनदिनदेखि एक्कासी बदेको चिसोले थप जीवन कष्टकर बनेको छ ।
बाक्लो हुस्सु , बाक्लो तुसारो र तिन दिन देखि घाम नै नउदाएपछि धनुषा लगायत तराईका जिल्लाहरुमा न्युनतम तापक्रम तल झरेर शहरी तथा ग्रामिन क्षेत्रका बासिन्दाहरुको जनजीवन कष्टकर बनेको हो ।चिसोले बालबालिका र बृद्धबृदाहरु बढि प्रभावित बनेका छन् । दिनभर चल्ने शितलहर र हुस्सुका कारण सर्वसाधारण घरबाट काम विशेषले मात्र बाहिर निस्कन थालेका छन् । पश्चिम जलवायु परिवर्तनका कारण चिसो बढेको मौसमबिदहरुले बताएका छन् । पुस दोस्रो सातासम्म शितलहर र चिसोले धनुषाबासीलाई सताए पनि पछिल्ला दिनमा दिउँसो नियमित घाम लाग्न थालेकोले सर्वसाधारणलाई सजिलो भएको थियो । तर , तिन दिनअधि पानी परेपछि मौसम परिवर्तन भएर सर्वसाधारणलाई बढि चिसो
अनुभव भएको र तीनपाग्रे रिक्सालगायतका यातायातको साधन सञ्चालनमा समेत कठिनाई हुने गरेको चालकहरु बताउँछन् । चिसोले विधालमा पठनपाठनमा समेत प्रतिकुल असर परेको शिक्षक शशिभुषण गुप्ताले बताउछन् । बालबालिकाको स्वास्थ्यसमेत प्रभावित हुनथालेपछि बिधार्थीहरुको उपस्थिती पनि विधालयमा कम हुन थालेको शिक्षक गुप्ताले
बताउछन् । साथै चद्दो चिसोले गर्दा विरामीको चाप बढेको स्वास्थ्यकर्मीहरु बताउछन् । साथै चिसोका कारण जिल्लाको विभिन्न बजारहरुमा न्यानो कपडाको माग पनि बढेको व्यावसायीहरुको भनाई छ । धनुषाको जनकपुर र महेन्द्रनगरमा रेडिमेड कपडा पसलहरुमा जाडोको कपडा किन्नेहरुको भिड देखिएको छ । जाडोमा लगाईने ज्याकेट, सुइटर,
टोपि, ट्राउजरको बिक्रि बढेको महेन्द्रनगर स्थित बिषण रेडिमेडका संचालक विषण श्रेष्ठले बताएका छन् । अन्य समयमा ग्राहक कुरेर बस्ने पसलेहरु चिसो बढेपछि भने हर्षित देखिएका छन । पसलेहरुलाई ग्राहकहरुलाई जाडोको न्यानो कपडा देखाउन भ्याई नभ्याई छ ।यस्तै जाडोमा न्याने कपडा लगाउने तातो खाने कुरा खाने र चिसोमा बढी हिडडुल नगर्न तथा न्यानोठाउँमा बस्न स्वास्थ्यकर्मीले सल्लाह दिएका छन्।अत्याधिक जाडो सहन नसकि धनुषाको महेन्द्रनगर लगायत विभिन्न स्थानहरुमा सर्वसाधारणहरु आगो बाली ताप्दै गरेको प्रस्शतै देखिन्छ ।