मधेस आन्दोलन भारतका लागि बाहना मात्रै होःचन्द
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुष २८/पुष २८/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले दुई देशबीच समझदारीको अभावले अहिलेको परिस्थिति आएको बताए ।
राप्रपाले धुलिखेलमा आयोजना गरेको क्षेत्रीय प्रशिक्षण शिविरमा उनले घनिष्ठ सम्बन्ध रहेको भारतसँगको सम्बन्ध कायम राख्न नेपाल सतर्क नभएको आरोप लगाए । अध्यक्ष चन्दले भारतसँग राजनीतिक धार्मिक र सांस्कृतिक सम्बन्ध रहेकामा यसलाई भारतले उल्लङ्घन गरेको आरोप लगाए ।
नेपालको कारणले भारत चीनसँगको सम्बन्ध खराब हुन नहुनेमा जोड दिँदै उनले भारतले मधेस आन्दोलनको निहुँमा नाकाबन्दी गरेको आरोप लगाए । ‘सरकारले मधेसको जायज माग सम्बोधन गर्नुपर्छ र मधेस आन्दोलनलाई सम्बोधन हुने गरी सकारात्मक वार्ता गर्नुपर्छ पूर्वप्रधानमन्त्री चन्दले भने ।
मधेसका केही दल र सरकारबीच परिणममुखी वार्ता हुने र त्यसले सहमतिमा पुग्ने सम्भावना बढिरहेको जानकारी दिँदै नेता चन्दले संविधानमार्फत पछि परेको समुदायलाइ हामीले संविधानमार्फत अघि ल्याउन खोजेको बताए ।
राप्रपाका नेता बुद्धिमान तामाङले राप्रपा नेपाल र राप्रपाबीच सैद्धान्तिक मतभेद नभएको बताए । उनले स्थानीय चुनावपछि प्रदेशको चुनाव हुने भएकाले पार्टीलाई प्रादेशिक संरचनामा लैजानुपर्ने बताए । मध्यमाञ्चलका १९ जिल्लाका करिब ६० जना अध्यक्ष सचिव र महिला सदस्यको प्रशिक्षणमा सहभागिता छ ।