मन्त्री पासवानको नयाँ चर्तिकला
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुष २०/प्रधानमन्त्रीदेखि विशिष्ट ब्यक्तित्वलाई साईकल बड्ने र आफू पनि देखावटी रुपमा साईकल चड्ने तर बास्तविकतामा महंगा महंगा गाडिको लावालस्कर आफूसँग राख्ने जनसंख्या तथा बातावरण मन्त्री विश्वेन्द्र पासवानको नयाँ कर्तुत सार्वजनिक भएको छ ।विज्ञान तथा प्रविधी मन्त्री शिवलाल थापाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गुनासो गरेपछि मन्त्री पासवानको नयाँ फण्डा सार्वजनिक भएको हो ।
पहिला विज्ञान तथा प्रविधि मन्त्री रहँदा आफू मातहतको बैकल्पिक उर्जा प्रर्वदन केन्द्रको सवारी साधान फिर्ता गर्नु त कहाँ हो कहाँ आफू जनसंख्या तथा बातावरण मन्त्री हुँदा समेत जवरजस्ती केन्द्रलाई चलाईरहेका छन । उनले केन्द्रलाई विज्ञानबाट जनसंख्या मन्त्रालयमा लगेर कार्य गरिरहेका छन । यतिमात्रै होईन उनले केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताललाई बोलाएर आफ्नो ब्यक्तिगत फाईदाको लागि काम गराईरहेका छन ।
आफूलाई स्वच्छ छवि देखाउन अनेक हर्कत गरिरहेका मन्त्री पासवानले मन्त्रालयमा आफ्नो छोरा, छोरी र आफन्तको एउटा संयन्त्र बनाएर त्यहाँबाट वितरण गरिने आयोजनाहरुमा सेण्डिकेट गरेर ब्यक्तिगत फाईदाको हिसावमा वितरण गरिरहेका छन ।
विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले आज विहान प्रधानमन्त्रीलाई भेटेर आफ्नो मन्त्रालय मातहतको केन्द्रलाईलाई पासवानले जवरजस्ती लगेको भनेर गुनासो गरेका थिए । प्रधानमन्त्रीले पासवानलाई केन्द्र र केन्द्रको गाडि फिर्ता गर्न आग्रह गरे पनि पासवानले नमानेको बताईएको छ ।