बिराटनगरलाई राजधानी बनाउने गरी सहमति गराउन मोर्चासंग गछ्दारको आग्रह
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम  पुष २९/उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विराटनगरलाई राजधानी बनाउनेगरी आठौं प्रदेश बनाउने विषयमा सहमति गर्न मधेसीदलहरू र प्रमुख दलहरूलाई आग्रह गरेका छन् । ठूला दल र आन्दोलनरत मधेसी मोर्चाले तराईमा तीन प्रदेशको विकल्प नमानेसम्म तराईमा देखिएको समस्या समाधान नहुने गच्छादारले बताएका छन् । आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै गच्छदारले तीनप्रदेशको विकल्प नमानेसम्म समस्या यथावत रहने बताएका हुन्। उनले झापा, मोरङ र सुनसरी प्रदेश नम्बर २ मा गाभ्नुपर्ने मधेसी मोर्चाकोमाग कुनै हालतमा पुरा नहुने समेत उनले स्पष्ट पारे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्