देशमा आगो बल्न नदिन यस्तो छ खनालको सुझाव
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुष २८/कपा (एमाले)का बरिष्ठ एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमाङ्कन परिमार्जन गर्ने नाममा पूर्वको २ नम्बर प्रदेशलाई झापासम्म र पश्चिम ६ नम्बर प्रदेशलाई कञ्चनपुरसम्म तन्काइयो भने देशमा आगो बल्ने चेतावनी दिए ।
प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले यस्तो चेतावनी दिएका हुन् । आन्दोलनरत दललाई चित्त बुझाउने नाममा जबरजस्ती अन्य क्षेत्रको अधिकार खोस्न नहुने उनको भनाई छ । नेता खनालले अबको सीमांकनमा ५ प्रदेश बनाउन आफूले पहल गर्ने बताए ।
५ प्रदेश बनाउनुपर्छ भन्नेमा म दृढ छु । तर मैले मात्र भनेर नहुने हुँदा ७ प्रदेश स्वीकारेको हुँ अब पुनः सीमाङ्कन गर्दा ५ प्रदेश बनाउन पहल गर्छु उनले भने । एकथरीले प्रदेश बढाउने र अर्कोथरीले प्रदेश घटाउनुपर्ने तर्क गरिरहेको भन्दै उनले अहिलेको अवस्थामा ५ प्रदेश नै उपयुक्त हुने बताए ।