सिरहामा सितलहरबाट जोगिन कम्बल वितरण
Advertise Here Book Now
राम नारायण पंडित, सिरहा ,१६ माघ । चिसोको मध्य नजर गर्दै सिरहामा रहेका विपन्न परिवारहरुलाई कम्वल वितरण गर्ने कार्य जारी नै रहेको छ । प्रत्येक वर्ष झै यसवर्ष पनि सिरहामा जिल्ला दैवी प्रकोप उद्दार समितिले गरिब तथा विपन्न परिवारलाई विभिन्न स्थानमा कम्बल वितरण गरिरहेका छन् । जस अन्तर्गत सिरहा नगरपालिकामा २ सय २८ थान, सुखीपुर नगरपालिकामा १ सय ५० थान, मिर्चैया नगरपालिकामा १ सय ५० थान र विभिन्न गाविसमा जिल्ला प्रशासन, जिल्ला विकास समिति तथा नेपाल रेडक्रसको समन्वयमा ५ सय ४५ थान वितराण गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले जानकारी दिए । यता, सेभ द चिल्र्डेनबाट प्राप्त भएको ५ सय थान कम्बल बाड्न बाँकी रहेको उनले बताए । यता, जाडोको मध्यनजर गर्दै गोलबजार नगरपालिकाले १ सय ७५ जना लाई १ सय ७५ वटा कम्बल वितरण गरेको छ । नगरपालिकाले अति बिपन गरिब दलित अपांगहरुलाई कमल बितरण गरेको गोलबजार नगरपालिका प्रमुख राजकुमार दासले जनाएको छ । दासले विभिन्न समयमा समाजिक काम गर्दै आईरहेकाले समय अनुकुल र परिस्थिति हेरविचार गरि यस्ता मानव सेवा गर्दै जाने उनले बताईन । कम्बल पाएपछि अति बिपन गरिब दलित अपांगहरु खुसि भएका थिए । यसैगरी अन्य संघ संस्थाले समेत जाडोको कपडा अन्य ठाउँहरुमा सहयोग गरि दिए अकालमै कसैको मृत्यु हुनबाट जोगिने दासले बताएका छन । अत्यधिक चिसोका कारण गत वर्ष सिरहामा २० जना भन्दा बढीले ज्यान गुमाएका थिए ।