लहानका ग्यास व्यवसायीले निकालिएको प्रेस बिज्ञवप्ती सहित
Advertise Here Book Now
आदरणीय पत्रकार तथा अधिकारकर्मी साथीहरु।
ऑनलाइन सिरहा डटकम अनुपम झा लहान माघ
३/बिगत ५ महिनादेखि तराई मधेशको जिल्लाहरुमा मधेशको मुद्दा लिएर आन्दोलन
चलिरहेको छ .आन्दोलनको कारण लामो समयदेखि तराई मधेशका जिल्लाहरुका हरेक
क्षेत्र प्रभाबित भईरहेको अवस्थामा सिरहा जिल्लाका व्यापार व्यवसाय समेत
प्रभाबित भएको संचार रअधिकार क्षेत्रलाई अबगत नै रहेको छ ।
बिभिन्न
बाधा अड़चन र व्यक्तिगत रिसिबीलाई लिएर बिभिन्न किसिमको आरोप प्रतिआरोपमा
सिरहाका ग्यास बिक्रेतालाई धमकाउदै आईरहेकोले बितरणमा बाधा आईरहेको अवस्था छ।
सोही
क्रममा नागरिक दैनिकका सिरहा जिल्ला प्रतिनिधि मिथिलेश यादवको काल्पनिक
एवं आधारहीन समाचार सम्प्रेसनले गर्दा हामी ग्यास व्यवसायी संघ ,लहान
सिरहाका बिक्रेताहरू समस्यामा परेका छौ मिति २०७२/२ गेते नागरिक दैनिकका
पृष्ठ नं.१२ मा प्रकाशित प्रशासनकै आड़मा शीर्षकको समाचार प्रति ग्यास
व्यवसायी संघ घोर भर्त्सना गर्दै सही सत्य समाचार ल्याउन सम्बन्धित
निकायसंग यही प्रेस बिज्ञवप्ती मार्फत आग्रह गर्दछौ ।