मोर्चाको सरकारलाई धम्की ‘आजपनि सहमति नभए बार्तामा नबस्ने
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुष २८/ मंगलबार तीन बजे तीनदल र मधेसी मोर्चाबीच वार्ता हुने भएको छ । वार्तामा संसदमा पेश गरेको सम्वीधान संशोधन विधेयकलगायतका विषयमा सहमति खोज्ने विषयमा छलफल हुने बताइएको छ ।
आइबार बसेको तीन दलीय कार्यदलले तीन महिनाभित्र राजनीतिक संयन्त्रमार्फत संविधान संशोधनलगायतका विषयमा सहमति खोज्ने प्रस्ताव राखेको थियो । मोर्चाले राजनीतिक संयन्त्र गठनप्रति आफू सकारात्मक भएपनि त्यसको कार्यक्षेत्र र वैधानिकताका विषयमा स्पष्ट खाका ल्याउन तीन दलीय कार्यदललाई आग्रह गरेको थियो ।
मोर्चाले तीन दलीय कार्यदलसमक्ष ११ बुँदे प्रस्ताव राखेको थियो । सरकारी कार्यदलले तीन महिनाभित्र राजनीतिक संयन्त्रमार्फत सीमाकंनलगायत विवादित विषयमा सहमति जुटाउने प्रस्ताव आएको थियो । हामीले त्यसको कार्यक्षेत्र र वैधानिकताका विषयमा स्पष्ट भएर आउन तीन दलीय कार्यदललाई आग्रह गरेका थियौं मोर्चाका तर्फबाट कार्यदल सदस्य रामनरेश रायले भने हामी वार्ता सकारात्मक हुनेमा आशावादी छौं । राजनीतिक सहमझादारी छिटो टुंग्याउनु पर्ने पक्षमा आफूहरु रहेको जानकारी दिए ।
कार्यदलको बैठकमा तीन दलीय कार्यलयले मोर्चाका मागप्रति सकारात्मक रहँदै तीन महिनाभित्र राजनीतिक संयन्त्रमार्फत सीमाकंनललगायतका विषमया सहमति जुटाउने प्रस्ताव गरेको थियो। यसअघि कार्यदलको बैठक सोमबार बस्ने भनिएपनि कार्यव्यस्तताको कारण देखाउँदै बस्न सकेको थिएन । दुवै पक्षबीच सहमति भए करिब पाँच महिनादेखिको मधेस आन्दोलन र चार महिनादेखि भारतले लगाउँदै आएको अघोषित नाकाबन्दी अन्त्य हुने बताइएको छ । यसअघि सरकारले पुस ५ मा मधेसी मोर्चाका माग सम्बोधन गर्न बन्दै तीन बुँदे विशेष प्रस्ताव ल्याएको थियो जसलाई नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै नाकाबन्दी लगाएको भारतले समेत स्वागत गरेको थियो ।