सोनमति गाढामा आज मैथिली भाषामा बक्तृत्वकला सम्पन्न
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम दिनेश रसिया माघ ८ लहान सोनमति गाढामाआज मैथिली भाषामा वक्तृत्वकला समपन्न भएको छ । एक डेग मिथिलाक विकासक लेल मुल नाराका साथ मिथिला स्टुडेन्ट युनियन नेपालद्वारा हम आ हमर पहिचान शिर्षकमा लहानकै श्री जनता उ मा वि सोनमति गाढामा सम्पन्न प्रतियोगितामा स्कूल भित्रैका ९ जना छात्र –छात्राले सहभागीता जनाएका थिए तथा हजारौको संख्यामा विद्यार्थीको उपस्थिति रहेको थियो ।कार्यक्रमको सरुमा तेजु मैथिलको साथमा सम्पूर्ण सहभागी ले जय जय भैरबी गाएर कार्यक्रम प्ररम्भ गरेका थिए । विद्यालयमा पढाइ हुने अन्य विषयहरु सँगै मैथिली विषय पनि समावेश गर्नुपर्ने उद्देश्यका साथ गराइएको उक्त प्रतियोगितामा प्रथम, द्वित्य र तृतीय पुजा कुमारी साह, अमित कमार यादब, रामकिशुन यादब भएका थिए । दिनेश रसियाको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा सहभागी सम्पूर्णलाई प्रमानपत्र तथा पुरस्कारले सम्मान गरिएको थियो । कार्यक्रम अवधिभरि तेजु मैथिलको गीत , आरती वि क को नृत्य तथा नारायन मधुशाला,हृदय सुमन, गजेन्द्र गजुर, धिरेन्द्र प्रमर्षिको कविता बाचन भएको थियो । कार्यक्रममा सहभागी उक्त विद्यालयको सह प्रध्यापक अर्जुन यादब ले अब आउने वर्षदेखी विद्यालयमा ५० अङ्कको मैथिली भाषा पुस्तक प्र वि तहमा लागु गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा रितेश मैथिल,सृजना गजमेर, अनिल महतो, जयकान्त मैथिल, गायत्री सिहं, पत्रकार नरेशचन्द्र बर्बिया, पत्रकार महेश सिह, रामदेब यादब, अमरेश महतो, विद्यालयका शिक्षक शिक्षिका लगायतको उत्साहपूर्ण उपस्थिति थियो भने कार्यक्रम संचालन रितेश मैथिल, नारायन मधुशाला र गजेन्द्र गजुरले गरेका थिए ।