संविधान संसोधन भएको एक दुई दिन भित्रै नाकाबन्दी खुल्छः पौडेल
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुष २४/नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले ब्यवस्थापिका संसदमा रहेको संविधान संसोधन विद्येयक पारित भएको दुई दिनमै नाकाबन्दी खुल्ने दावी गरेका छन ।
रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले भारतीय विदेशमन्त्री शुष्मा स्वराजले संविधान संसोधन विद्येयक पारित भएको भए हामीलाई पनि सजिलो हुन्थ्यो भन्दै किन ढिलाई भएको भनि चासो राखेको जानकारी दिए ।
पौडेलले भने,‘काग्रेसले ल्याएको संसोधन प्रस्ताव मै गएर टुङग्याउने कुरा परराष्ट्र मन्त्री कमल थापाले पनि उहाँहरुलाई भन्नु भएको रहेछ । त्यसमा मधेसी मोर्चालाई पनि सहमतिमा गराउने तर उहाँहरु सहमत नभए पनि पारित गरेपछि स्थिति सहज बन्छ भनेर कुरा भएको छ । स्वराजले यति दिन किन अडकिडयो भनेर आश्चर्य प्रकट गरिन । मैले हामी तयारै छौ भनेर प्रष्ट पारेको छु ।’
उनले आफूलाई भारतीय पक्षले सीमांकनमा कुनै चासो नदेखाई त्यो पछि राजनीतिक सहमति गरेर गरे पनि हुन्छ तर दुई प्रस्ताव पारित गरेको भए स्थिति सहज हुन्थ्यो भनेको सुनाए । दिल्ली भ्रमणबाट आफू संसोधन भएपछि मधेसी मोर्चा पनि सहमतिमा आउने विश्वास बढेको बताए ।
पौडेलले भने,‘ उहाँहरुले सीमांकनमा गंभिर चसो देखाउनु भएन । राजनीतिक सहमतिबाट गर्ने कुरामा उहाँहरु सहमत नै हुनु हुन्छ ।’
आफूहरुले अन्तरिम संविधानको स्प्रिट अनुसार नै काम गरिरहेको भन्दै पौडेलले कार्यदलले छिटो कुरा गरेर विवाद टुङग्याए संसदबाट यो प्रस्ताव टुङगिए सीमा सहज भएर जाने विश्वास आफूलाई भएको बताए ।
उनले भ्रमणको क्रममा तराईमा देखिएको असहज, नाकाबन्दीले परेको कठिनाई र त्यसलार्य चाडै समधान गर्न विषयमा कुराकानी भएको बताए ।