१३ बर्ष पछि फरार अभियुक्त प्रहरी नियन्त्रणमा
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १६ माघ । सिरहा प्रहरीले लागुऔषध मुद्दाका फरार दुई अभियुक्तलाई १३ बर्ष पछि नियन्त्रणमा लिएको छ । लागुऔषध मुद्दामा अदालतबाट सजाए पाएपछि फरार भएका दुई अभियुक्तलाई ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नपा ११ का ५७ बर्षिय शान्तबीर लामा र गोलबजार नपा ८ का गंगा प्रसाद यादब रहेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार लामा लागुऔषध गाँजा र यादब लागुऔषध चरेश मुद्दामा अदालतबाट सजाय पाएपछि फरार थिए । जिल्ला अदालत सिरहाले २०५९ जेष्ठ २६ गते गरेको फैसला अनुसार लामालाई २ बर्ष कैद र २५ हजार जरिबाना र २०५६ असोज ५ गते यादबलाई ११ महिना कैद सजाय तोकेको थियो । सजाय तोकेपछि लामा र यादब लुकिछिपी बस्दै आएका थिए । पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्