कतारमा मैथिली प्रवासी समाज र साझक चौपाइरको बेजोर प्रस्तुती
Advertise Here Book Now

12645096_551572845005213_1810717038319384582_nओम प्रकाश यादब, कतार, १६ माघ । कतारमा मैथली प्रवासी समाजको सरगर्मी देखिएको छ । नेपालबाट वैदेशिक रोजगारीको लागि खाडी मुलुक कतारमा रहेका नेपालीहरुको छाता संगठन मैथिली प्रवासी समाजको माहुल तातिएको छ । उक्त क्रममा शुक्रबार मैथली प्रवासी समाजको गोष्ठी सम्पन्न भएको छ । कतारको सनैया बलदिया  क्याम्प ३९ नम्बरमा भएको गोष्ठी बिन्देशर ठाकुरको अध्यक्षतामा समपन्न भएको छ । कार्यक्रममा मैथिली भाषाको चर्चित कालाकार धिरेन्द्र प्रेमर्शीले मैथिली भाषमा कबिता बाचन गरेका थिए । नेपाल भन्दा टाढा रहे पनि मैथिली बिकासको लागि काम गरिरहेकोले नेपालीहरुलाई मैथिली भाषाको चर्चिक कालाकार प्रेमर्शीले सराहना गरे । यस लाई जति ब्याख्या गरेपनि कम हुने उनले बताए । कतारमा यस अघि संचालनमा रहेको साझँक चौपाइर नामक संस्थाको नाम त छदैछ अब अर्को  मधेश हेल्प नामक  संस्था खुल्ने भएको छ भने  अर्को युनिट पनि बन्ने भएको छ प्रभात महतोले थपे  । कार्यक्रममा अशोक सहनी मिथिला हमर महान छै, बेचन महतो प्रित नामक रचना बाचन गरि उपस्थितहरुलाई झुमाएका थिए । कार्यक्रममा प्रनभ झाले पनि आफनो रचना प्रस्फुटन गरेका थिए । झा भारतीय भए पनि मैथिलीलाई सहयोग गरिरहेका छन् । कार्यक्रम बेचन , प्रभात महतो,सोगारथ , र मनिस भाइ लगायतका नेपालीहरुको सहयोगमा सम्पन्न गरिएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्