आन्दोलनको बाबजुद पनि एक महिनामा एक लाख राजस्व संकलन
Advertise Here Book Now

 

अमरेन्द्र कुमार यादव महेन्द्रनगर ९ माघ ।बिगत पाँच महिना बढी देखिको जारी मधेश आन्दोलनको बाबजुद पनि अस्थायी ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगरले एक महिनामा एक लाख राजस्व संकलन गरेको छ ।क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगर स्थित ट्राफिक पोष्टका इन्चार्ज हवलदार होम बहादुर खतिवडाले पौष महिनामा एक लाख राजस्व संकलन गरेको जनाएका छन् । जारी मधेश आन्दोलनको मौका छोपी ट्राफिक नयम उल्लङ्घन गर्ने सवारीसाधनको कारबाहीबाट पौष महिनामा मात्रै एक लाख राजस्व सङ्कलन गरिएको
हबल्दार खतिवडाले जनाए ।हवल्दार खतिवडाले दिएको जानकारी अनुसार पौष महिनामा १ सय ४२ ओटा सवारी कारबाहीमा परेका छन् । जसमध्ये एक चौथाई भारतिय गाडीहरु पनि कारवाहीमा परेको उनले बताए ।जारी मधेश आन्दोलनले गर्दा ट्राफिक नियमलाई पालना नगरि मनपरि सवारी साधन चलाउनेहरुमाथि निगरानि गर्न थालेपछि कम समयमा ५ सय र एक हजार गरि लाख रुपैैया संकलन भएको हवलदार खतिवडाले बताए ।हवलदार खतिवडाका अनुसार साउन महिना देखि आन्दोलन शुरु लगत्तै आफुहरु चेकजाँच बन्द गरि मौन रहेको र बन्दको कारण मोटरसाईकल चालकहरु बिना हेलमेट लगाई , लाईसेन्स नबोकी , तिन–चार जना सम्म सबार भई मनपरि हाक्दै गरेको कारण दुर्धटना हवात्तै बढ्न थाले पछि उक्त दुर्घटनालाई न्युनीकरण गर्न स्थानिय राजनितिकर्मी , नागरिक समाज , स्थानिय बुद्धिजीविहरुको सल्लाह सुझाव अनुसार आफुहरुले लगभग पौष १५ गते देखि चेक जाँच थालेपछि माघको पहिलो सप्ताहसम्म एक लाख राजस्व संकलन भएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्