“मधेस विरोधी मधेस छोड” भन्दै मोर्चाले जनकपुरमा फेरी चर्काए आन्दोलन, विहानैदेखि लाठी र फटटा जुलुस प्रदर्शन
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुष २५/आन्दोलनको क्रममा विहिबार केही व्यापारीहरुको मिलोमतोमा सद्भावनाका जिल्ला अध्यक्ष संजय सिंह र तराई मधेस समाजवादी पार्टीका रुप नारायण मण्डलको मोटरसाइकलमा आगजनी गरेपछि मोर्चाले आन्दोलन पुन ः चर्काएको छ । नेपाली काँग्रेस र एमालेको घुसपैठीयाले गर्दा मोर्चाको नेताद्धयको मोटरसाइकलमा आगजनी भएको मोर्चाको ठहर गर्दै आज विहानैदेखि मोर्चाले फटठा जुलुस निकालेको छ । घटनाको विरोध र आन्दोलनलाई पुन निन्तरता दिदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनकपुरमा आन्दोलन फेरी चर्कादै विहानैदेखि जनकपुरको विभिन्न भागको परिक्रमा गरिरहेका छन् । मोर्चाले जनकपुरका बजार, शैक्षिक संस्थान, वितिय संस्थान, कलकारखाना, पसल पूर्ण रुपमा ठप्प गराएका हुन । औषधी पसल बाहेक एउटा नै पसल खोल्न नदिने मोर्चाले चेतावनी दिएका छन् । मोटरसाइकलमा आगनजी गर्ने व्यापारीहरुको पहिचान भइसकेको र उनीहरुको पसलमा “मधेस विरोधी दलाल” मधेस विरोधी जस्ता शब्द लेखेर आन्दोलनलाई पुन : चर्काएको हो । यसैक्रममा आज विहानै देखि मोर्चाले जनकपुर नगरमा प्रदर्शन गरिरहको फठठा जुलुसमा हजारौँ प्रदर्शनकारीको सहभागीता रहेको छ भने प्रदर्शन अहिले पनि जारी रहेको छ ।