उपेन्द्रले भने,‘ राजेन्द्र महतोले राम्रो गरेनन’
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुष १९/लामो समयदेखि मधेसी मोर्चा भित्र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग मतभेद रहँदै आएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सद्भावनाको अलग्गै आन्दोलनप्रति असन्तुष्टी जनाउँदै उनीहरुले ठिक नगरेको बताएका छन । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले सद्भावना पार्टीको आन्दोलनप्रति खासै धेरै असन्तुष्टी नजनाए पनि पुष २७ गतेको लागि घोषित आन्दोलनको कार्यक्रम प्रति भने तिब्र असन्तुष्टी प्रकट गरे ।पुष २७ गतेलाई पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको दिनको सम्झनामा राष्ट्रिय एकता दिवस मनाईने गरिन्छ ।यादवले भने,‘ पुष २७ गते आन्दोलन गर्ने दिन होईन । पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको दिन हो । उनलाई माईनस गर्नु हुँदैन त्यो राजेन्द्र महतोको गल्ती हो । उनले त्यो दिन आन्दोलनका कार्यक्रम राख्नु हुँदैन थियो । उनले राम्रो गरेनन । जति सुकै आन्दोलन गरे पनि राष्ट्रिय एकीकरणलाई भुल्नु हुँदैन ।’
उनले एकीकरण दिवस मनाउने वा नमनाउने पक्षमा केही हुनु अत्यूक्रि नभए पनि नेपाल एकीकरण भएको दिन कार्यक्रम गर्नु राम्रो नहुने तर्क गरे । राजेन्द्र महतो नेतृत्वको सद्भावनाले पुष २७ गते मधेस आन्दोलनको १५० दिन पुग्ने भएकोले एक दिन उपबासको कार्यक्रम राखेको छ ।
यादवले आफूहरुले पनि विगतमा अलग अलग कार्यक्रम गरेकोले सद्भावनाले अलग कार्यक्रम गर्दा खासै फरक नपर्ने भन्दै यसै कारणले मोर्चामा विभाजन आई हाल्ने अवस्था भने नरहेको तर्क गरे । उनले भने,‘राजेन्द्र महतोले पपुलर देखिन यस्तो कार्यक्रम गरेका हुन । तर हाम्रो आन्दोलन सँगै जान्छ ।यादवले सरकार बार्ताबाट समाधान गर्न र्गभिर नभएको भन्दै अब माग संबोधन गरेपछि मात्रै बार्ता हुने बताए ।उनले जनसंख्याको आधारमा क्षेत्र निर्धारण, समानुपातिक समावेशीताको सुनिश्चिततासँगै सीमांकनमा सरकारले विश्वासिलो आधार दिनु पर्ने तर्क गरे ।