कांग्रेस प्रतिपक्षमा बस्नु गलत भएको सिटौलाको स्विकारोक्ति
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुष २४/नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको प्रतिपक्षमा बस्ने निर्णय गलत भएको बताएका छन ।
पर्वतमा आयोजित अमृत जोशी स्मृति प्रतिष्ठान नेपालको आठौं स्मृति दिवस एवम् सम्मान कार्यक्रममा सिटौलाले भने, ‘उनले नेपाली जनताले ७० बर्षभन्दा लामो संघर्षबाट प्राप्त संविधानसभाबाट बनाएको संविधान कार्यान्वयन गर्ने बेलामा काग्रेस प्रतिपक्षमा बस्नु गलत भएको भन्दै आफैले जारी गरेको संविधान आफै कार्यान्वयनको बेला नहुनु उचित नभएको तर्क गरे ।
सिटौलाले भने,‘ अब नेपाली कांग्रेस प्रतिपक्षमा बस्नुभन्दा पनि सहमति र सहकार्यबाट संविधान कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्छ । विश्वकै नमूना संविधान जारी गरे पनि कार्यान्वयन गर्ने बेलामा नेतृत्वले घुँडा टेकेकाले कांग्रेस आलोचित भएको छ । जनताले पहिलो बनाएको पार्टीले खेल्नुपर्ने भूमिका निर्वाह गर्न नसक्दा पार्टी पछिल्लो चरणमा जनता र स्वयं कार्यकर्ताबाट आलोचित भैरहेको छ । यसतर्फ नेतृत्व सचेत हुनु पर्छ । ’
उनले विपी कोइरालाको सिद्धान्त भुलेकाले पार्टी संकटमा परेको आरोप लगाउँदै पछिल्लो चरणमा पार्टीले खेपेको आरोपका कारण फेरि पहिलो पार्टी हुने की नहुने भन्ने चिन्ता लागिरहेको उनले बताए ।