गैरकानूूनी तरिकाबाट पक्राउ गरिएका आन्दोलनकारीलाई रिहा गर : थर्ड एलायन्स
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुष २१/बीरगन्जमा शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा प्रहरीले गैरकानूनी तरिकाबाट पक्राउ गरिएका आन्दोलनकारीहरुलाई अविलम्ब रिहा गर्न थर्ड एलायन्सले माग गरेको छ । एलायन्सका क्षेत्रिय मानवअधिकार संयोजक शैलेन्द्र हरिजनले प्रेस विज्ञप्ति जारी गरेर आन्दोलनकारीहरुलाई पक्रेर याताना दिने प्रहरी कर्मचारीलाई कारबाही गर्न समेत माग गरेको हो । बीरगन्जको घण्टाघर र माइस्थान चौकबाट शनिवार दिउँसो आन्दोलनकारी अमित जैसवालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । शान्तिपूूर्ण तरिकाले प्रदर्शन गरिरहेका अवस्थामा प्रदर्शनकारीलाई पक्राउ गर्नु गैरकानूूनी भएको विज्ञप्तीमा उल्लेख छ । गैरकानूूनी तरिकाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेर कुटपिट गरी आन्दोलनकारीको टाउँको फुटाउनु र उनीहरुका आफ्न्तलाई समेट भेट्न नदिएको प्रति विज्ञप्ती मार्फत आपत्ति जनाएको छ । गैरकानूूनी तरिबाबाट पक्राउ गरिएका आन्दोलनकारीहरुलाई अविलम्ब रिहा गरी दोषी प्रहरी उपर कारबाही र घाईतेहरुको उपचारको व्यवस्था मिलाउन पनि थर्ड एलायन्सले सम्बन्धित निकायसँग विज्ञप्ती मार्फत आग्रह गरिएको छ । साथै संयमित भएर शान्तिपूूर्ण तरिकाले आफ्नो आन्दोलनका कार्यक्रमहरु गर्न पनि आन्दोलनकारीहरुसँग एलायन्सले आग्रह गरेको छ ।