बाबु राम जस्तै प्रचण्ड पनी भौतारिन लाग्यो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम  पुष २९/एमाओवादी अध्यक्ष प्रचण्डले सरकार ढलाउनेतर्फ सोच्नुभन्दा संविधानको कार्यान्वयन र देशका सामु देखिएका जटिल चुनौती सामना गर्न राष्ट्रिय सहमतिका पक्षमा जुट्न आव्हान गरेका छन् । ६ नं. प्रदेशको प्रशिक्षण र बैठकको सिलसिलामा सुर्खेतमा रहेका प्रचण्डले क्रान्तिकारी पत्रकार संघ सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहमतिमा जोड दिएका हुन । ‘सरकारको काम जति प्रभावकारी ढंगले हुनु पथ्र्याे, त्यो हुन सकेको छैन ।” प्रचण्डले भने । “तर यसको अर्थ सरकार ढलाउने नै भन्ने होइन ।” उनले भने । सरकारलाई प्रभावकारी बनाउन समिक्षा गरिरहेको बताउँदै प्रचण्डले यसबारेमा प्रधानमन्त्री केपी ओलीसँगसमेत छलफल गर्ने बताए । प्रचण्डले २ वटा विधयक दर्ता भएकाले अब सबै समस्याहरु छिट्टै टुङ्गिने विश्वास व्यक्त गरे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्