सिरहा सहितको स्थानमा जाडोको कारण जनजिवन कष्टकर , समन्धित निकायले दाउरा उपलव्ध गराए
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम श्रीकान्त झा , सिरहा । पौष ९ सिरहाको मिर्चैया सहित  तराईमा विगत दुई दिनदेखि बढेको जाडोको कारण जनजिवन कष्टकर भएको छ । विहानै देखि वाकलो हुस्सो र चिसो हावा चलेका काराणले आवत जावत को साथै दैनिक दिन र्चया वाताउन समत कढिनाई भएको छ विगत वर्षमा चिसो वढेको समय स्थानिय वन कार्यलय र स्थानिय प्रशास सहित समन्धित निकायले मिर्चैयाको ठाउंठाउमा दाउरा उपलव्ध गराए पनि यस वर्षा  मौन भएको स्थानियको गुनासो रहेको छ ।  यस पटक तराईका जिल्लामा छिट्टै शीतलहर सुरु भएपछि स्थानीय संकटमा परेका छन् ।  तराईका अधिकांश जिल्लाहरुमा बिहानैदेखि हुस्सु लागेर चिसो बढेको स्थानीयबासीको भनाई छ । एकाएक कठ्याङग्रीने जाडो बढेकोले समस्या भएको स्थानीयबासीको भनाई छ ।यसैबिच तराईका जिल्लाहरुमा एकाएक बढेको अत्यधिक चिसोका कारण खासगरी महिला ,बालबालिका तथा बृद्धबृद्धाहरुलाई बढी असर पार्ने गरेको  छ । चिसो बढेसंगै स्थानीयले न्यानो कपडा र आगो ताप्ने व्यवस्था गर्न थालेका छन् । अत्यधिक चिसोका कारण  साथै जिल्लाको अन्य बजारहरुमा न्यानो कपडाको माग पनि बढेको व्यावसायीहरुको भनाई छ । सिरहाको  प्रमुख व्यापारीक नाका लहान र मिर्चैयामा रेडिमेड कपडा पसलहरुमा जाडोको कपडा किन्नेहरुको भिड देखिएको छ । जाडोमा लगाईने ज्याकेट, सुइटर, टोपि, ट्राउजरको बिक्रि बढेको लहान स्थित एक कपडा पसलका संचालकहरुले बताएका छन् ।सिरहाको लहान गोलवजार र मिर्चैयामा  अन्य पसलको तुलनामा रेडिमेड कपडाका पसलहरु बढी छन । अन्य समयमा ग्राहक कुरेर बस्ने पसलेहरु चिसो बढेपछि भने हर्षित देखिएका छन । पसलेहरुलाई ग्राहकहरुलाई जाडोको न्यानो कपडा देखाउन भ्याई नभ्याई छ । तर जाडो वढेको कारणले सवै र्वगले जाडोको कपडा लिनु अनिर्वा भएकोले  महङो दरमा समेत किनवेच भईरहेको हुदा कालावजारी रोकन सकयमै ध्यान पुगाई जन्तालाई ठगिन वाट वचाउनु समन्धित निकायको अहम्म भुमिका देखिदा पनि अहिले मौन भएर वसेको समान निने ग्राहकको भनाई रहेको छ । त्यस्तै विगत   एक हप्ता देखि सिरहा सहित तराईका जिल्लाहरुमा एकाएक चिसोसंगै शीतलहर बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्