दिल्लीबाट महतोले भने यो सरकार उल्लूहरुको झुण्ड हो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष २७/ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारलाई उल्लुको संज्ञा दिएका छन् । सोमबार राजधानीमा मधेसी पत्रकार समाजले दिल्लीमा रहेका अध्यक्ष महतोसँग टेलिफोनमार्फत आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उक्त आरोप लगाएका हुन् । उनले भने, ‘अहिलेको सरकार उल्लु (लाटोकोसेरो) को झुण्ड जस्तो रहेको छ, जसले मधेसमा भइरहेको आन्दोलन देखेको छैन ।’ मधेस झण्डै पाँच महिनादेखि बन्द छ तर पनि ओली सरकार अन्धो जस्तो गरेर बसिरहेको र यो कुरा देशको लागि हानिकारक रहेको चेतावनी अध्यक्ष महतोले दिए । उनले भने अहिलेको सरकार उल्लु (लाटोकोसेरो) को झुण्ड जस्तो रहेको छ जसले मधेसमा भइरहेको आन्दोलन देखेको छैन । मधेस झण्डै पाँच महिनादेखि बन्द छ तर पनि ओली सरकार अन्धो जस्तो गरेर बसिरहेको छ । उनले अहिले मधेसीहरु यही देशभित्र अधिकार खोजिरहेको तर सरकारले मधेसको आवाज बन्दुकले जबर्जस्त दबाउन खोजिरहेको आरोप पनि लगाए । उनले मधेसीहरुले अधिकार माग्दा भारतीय देख्ने नजर पहिला परिवर्तन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष महतोले भने म अहिले दिल्लीमा भारतका विभिन्न नेताहरुसँग भेट्ने क्रम जारी राखेको छु उहाँहरुले मधेसको समस्या समाधान गर्न ओली सरकारलाई सुझाव दिनुभएको हो । ‘मधेस आन्दोलन दिल्लीको हो भन्नेहरु केही समयपछि दिल्ली आउँदैछन् आफ्नो दरबारमा लम्पसार पर्न । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलाई लक्षित गर्दै अध्यक्ष महतो भने, ‘भारतपरस्त को हुन् भने कुरा केही समयपछि थाहा हुन्छ । महतोले केही सातापछि नेपाल फर्किएर मधेसको समस्या समाधान नहुन्जेल नाकामा धर्ना बस्ने बताए । उनले मधेसको माग पूरा नभएसम्म नाकाबन्दी नखुल्ने पनि बताउँदै उनले भने, ‘हामी वारपारको लडाइँमा छौं । नेपाल फर्केपछि काठमाडौंमा रहनुभएको मधेसी शीर्ष नेताहरुलाई बोलाएर फेरि नाकामा बस्छौं । उनले सरकारले वार्ताको नाटक मात्र गरिरहेको आरोप लगाउँदै मधेसका नागरिक सरकारसँग नगदमा कारोबार गर्ने तर उधारो नगर्ने पनि बताए । अध्यक्ष महतोले मधेस कसैको उपनिवेश नभएको कुरा ओली सरकारले बुझ्नुपर्ने बताउँदै वर्तमान संविधान संशोधनलाई आफूहरुले स्वीकार गर्न नसक्ने पनि बताए । कार्यक्रम मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्